arrow

वच्चालाई डाम्ने झाक्री पक्राउ

वच्चा डाम्ने झाक्री पक्राउ

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७२ माघ ७ बिहिबार
dhamile-dame.jpg.jpeg
पाँचथर ।पाँचथर ओयाम १ फाक्लुङका एक १४ महिनाको बालकलाई बोक्सि लागको भन्दै झाँक्रीले फाली र ढुंगा तताएर डामेपछि वालकको उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ । वच्चाको अवस्था गम्भिर भएपछि उपचारका लागि आज जिल्ला अस्पताल ल्याइएको आमा उर्मिला राईले वताउनुभयो ।फाली र ढुंगा तताएर डाम्ने झाक्री सुक बहादुर राईलाई पनि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।
 
वच्चाको उपचारमा संलग्न जिल्ला अस्पताल पाँचथरका डाक्टर मनोज नेपालीले वच्चाको अवस्था हेर्दा गम्भिर रहेको वताउँदै अझै एक हप्ता सम्म अस्पतालमै राखेर उपचार गराउनुपर्ने वताउनुभयो । यहाँ सम्भव नभए यहाँबाट रेफर गर्न सकिने उहाँको भनाई छ । यस्तै उक्त वच्चाको जिल्ला अस्पताल पाँचथरमा रहेको एकद्दार संकट ब्यवस्थापन केन्द्रले निशुल्क उपचार गर्ने भएको छ । यस अस्पतालमा उपचार सम्भव नभएर अन्यन्त्र जाँदा समेत भाडा खर्चको ब्यवस्था गरिदिने केन्द्रले जनाएको छ ।
 
धनबहादुर राईका १४ महिनाका बालक दिपसन राईलाई विजुवाले उपचार गर्ने क्रममा डामिडिएका हुन् । झाडा पाखाल लागेर विरामी भएका वालकललाई विझुवा लागेको भन्दै पिठ्यु र चाकमा डाबिदिएका थिए । विझुवाले डामेपछि घाईते भएर सिकिस्त भएका बच्चालाई डामेको १३ दिन वितिसक्दा पनि उपचारका लागि ल्याइएको थिएन् । झाडापखालाले जिवन र मरणको दोसाधमा भएका बच्चालाई विजुवाले डामेपछि निको हुन्छ भन्दै डामेपछि ती बालक अन्धविश्वासको चरम सिकार भएका हुन् ।
 
बच्चालाई निकै पार्छु भन्दै दुई जना विजुवाले बच्चालाई झारफुक गरेका थिए । स्थानीय सुकबहादर र तीलबहादुर राईले बच्चालाई निको पार्ने भन्दै झारफुक गरेका थिए । स्थानीय एक व्यक्तिका अनुसार सुकबहादुरले झारफुक गर्ने क्रममा बच्चालाई फाली र ढुंगा तताएर डामेका हुन् । वडा नागरिक मंचमा भएको एक कार्यक्रममा कुरा उठेपछि घटना सार्वजनिक भएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ