arrow

‘लोकतन्त्र जोगाउन कांग्रेसको विजय अपरिहार्य’

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
media-center.jpg

जनकपुरधाम (धनुषा)। धनुषा निर्वाचन क्षेत्र न. ३ को प्रदेश सभा (ख) का उम्मेदवार श्यामप्रसाद साहले लोकतन्त्रलाई जोगाउनका लागि नेपाली कांग्रेसलाई विजयी बनाउन अपरिहार्य भएको बताएका छन् ।  आगमी मंसिर १० गते र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले धनुषाको जनकपुरधाममा स्थापना गरेको मिडिया सेन्टरको बुधबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
 
सगरमाथा अञ्चलका सप्तरी र सिरहा सहित जनकपुर अञ्चलका दोलखा, रामेछाप, सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका निर्वाचन गतिविधिको प्रचारप्रसारलाई व्यवस्थित ढंगले समन्वय गर्ने उद्देश्यले सो मिडिया सेन्टर सञ्चालनमा ल्याइएको हो ।
 
जनकपुर मिडिया सेन्टर उद्घाट्नको अवसरमा नेपाली काँग्रेस प्रतिनिधि सभा समानुपातिक तर्फका उम्मेदवार मिनाक्षी झा, निवर्तमान सासंद लक्ष्मीदेवी भण्डारी, पूर्व सासंद कृष्णा ठाकुर, मिडिया सेन्टरका केन्दीय प्रतिनिधि परशु घिमिरे, नेपाल महिला संघकी केन्द्रीय सदस्य निलम कर्ण, प्रजातन्त्रवादी कानून व्यवसायी संघका  महासचिव अरुण पजियार, जनकपुर उद्योगवाणिज्य संघका पूर्व अध्यक्ष निर्मल चौधरी, नेका जनकपुर नगर सभापति मनोजकुमार साह, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका पूर्व अध्यक्ष दिगम्वर राय लगायतका वक्ताहरुले लोकतन्त्र जोगाउन नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजयी वनाउनै पर्ने कुरामा जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ