रौतहटको लोकतान्त्रिक फोरमको स्थानिय समिति नेपाली काँग्रेसमा विलय
जेपी यादव ।
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
590
Shares
रौतहट। नेपाल लोक्तान्त्रिक फोरम रौतहट एक कार्यक्रमका विच सोमबार नेपाली काँग्रेस रौतहटमा विलय भएको छ ।
रौतहटको सदरमुकाम गौर स्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित पार्टी समायोजन कार्यक्रममा तत्कालिन नेपाल लोक्तान्त्रिक फोरमका अध्यक्ष मनोज कुमार शर्माले नेपाली लोक्तान्त्रिक पार्टी केन्द्रिय कार्य समिति नै विधिवत रुपमा नेपाली काँग्रेसमा समायोजन भई सकेकोले रौतहट लगायत देशको अन्य कुनै स्थानमा पनि नेपाल लोक्तान्त्रिक फोरम रहनुको कुनै औचित्य नभएकोले आजैको मिति देखि नमस्कार छाप र नमस्कार नारा नभई रुख छाप र जय नेपालको नारालाई अबलम्बन गर्दै अगाडि बढने घोषणा गरेका छन्।
नेपाल लोक्तान्त्रिक पार्टीबाट सदरमुकाम गौर नगरपालिको वडा नं. १ मा वडा अध्यक्ष पदमा विजय भएका वडा अध्यक्ष भरत साह कानु लगायत पार्टीका जिल्ला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, कार्यसमिति सदस्यहरु, भातृसंगठनहरुका प्रमुख तथा कार्यसमिति सदस्यहरु गरि गरि दुई सयले नेपाली काँग्रेसमा आफनो पार्टी समायोजन भएको भन्दै नेपाली काँग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादवसंग टिका तथा माला लगाई प्रवेश गरेका छन् ।
समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति कृष्ण प्रसाद यादवले देशको रक्षा तथा संविधानको कार्यान्वयन र देशमा लोकतन्त्रको पूर्ण प्रत्याभुतिको लागि नेपाली काँग्रेसको बहुमत आवश्यक र अपरिहार्य रहेको बताए। स्वर्गिय गिरिजा प्रसाद कोइरालाको त्यागको चर्चा गर्दै सभापति यादवले नेपाली काँग्रेस कहिलै पनि पद र साताको मोहमा परेको र सदैव देशहितमा काम गरेको स्मरण समेत गराए ।
पार्टी समायोजन कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति रामएकवाल राय यादव, सदस्य शेख रहिस, नेपाली काग्रेस रौतहटका सचिव हृदय नारायण यादव, कोषाध्यक्ष रामश्रेष्ट साह, नेपाल तरुण दलका जिल्ला अध्यक्ष महमद नौशाद आलम, क्षेत्र नं. १ का प्रचार प्रसार समितिका संयोजक श्रीराम राय यादव, परोहा नगरपालिकाका मेयर शेख वकिल, राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र कुमार सिंह, क्षेत्र नं. १ क का प्रदेश सभाका उम्मेदवार नागेन्द्र साह लगायत सयौ नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न पार्टीबाट दर्जनौंले आ आफनो पार्टी परित्याग गरि नेपाली काँग्रेसमा पार्टी प्रवेश पनि गरेका छन् ।