पर्सा १ मा ३ दिनमा १३ सयलाई पार्टी प्रवेश गराए रुंगटाले
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
279
Shares
वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल रुंगटा एमालेको गढ मानिएका स्थानमा समेत बलियो देखिएका छन् ।
केही दिनदेखि जारी चुनावी घरदैलो अभियानमा रुंगटाले एमाले सहित अन्य दलका सयौं नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएर आफ्नो उम्मेदवारीलाई थप बलियो बनाएका हुन । रुंगटाले आफ्नो निर्वाचन क्षेत्रमा ३ दिनमा १३ सय जनालाई काँग्रेसमा प्रवेश गराएका हुन्। रुंगटाले पर्सामा काँग्रेसको व्यापक जनलहर आइरहेको बताए।
२०७० को संविधान सभा निर्वाचन पछि कांग्रेसको समानुपातिक सूचिबाट सांसद बनेका रुंगटा पछिल्लो समयमा पर्सामा निष्ठाको राजनीति गर्ने नेताका रुपमा परिचित छन । रुंगटा सोमबार क्षेत्र नम्बर १ को 'क' बाट प्रदेश सभा पदका उम्मेदवार रामनारायण कुर्मी सहितको टोलीसँगै वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारी टोलमा घरदैलो कार्यक्रममा पुगेका छन् ।
घरदैलो कार्यक्रममा रुगंटा र प्रदेश सभा पदका उम्मेदवार कुर्मीले आफनो पक्षमा मतदान गर्न स्थानियसंग आग्रह गरेका छन् । फोरम नेपाल र एमालेको गढ मानिएका मनियारीमा कांग्रेसको घरदैलो कार्यक्रममा स्थानियले उत्साहजनक सहभागिता जनाएका छन् । मनियारीबाट रुगंटा र कुर्मीलाई भारी बहुमतले बिजय गराउन आफूहरु कम्मर कसेर लागेको स्थानिय कांग्रेसका नेता भोला यादवले बताए ।