arrow

ओली प्रचण्डको वाम नाटकः आलोपालो सुनाउँछन् एकता र प्रतिस्पर्धी नभएको कुरो 

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
oli-prachanda.jpg.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याएका छन् ।  

चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका अध्यक्ष दाहालले सोमबार यहाँ पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए । 

आइतबारमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डकै बोली बोलेका थिए । 

उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए । 

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरे । 

ओलीले पनि आफ्नो प्रतिस्पर्धी नभएको बताएका थिए । 

चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको उनको भनाइ थियो । 

चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा दैनिक रुपमा सक्रिय भएका उनले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने बताए । 

चितवनमा उनको प्रतिस्पर्धीका रुपमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे रहेका छन् । 

पाण्डेले पनि चुनावी अभियान तीव्र पारेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ