arrow

यस्तो छ काँग्रेस उम्मेदवारको चुनावी प्रचार शैली 

logo
कौरव खत्री
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
salik-phanthi_(2).jpg

गुल्मी । गुल्मीमा चुनावी सरगर्मी बढिरहेको अवस्थामा नेपाली काँग्रेसका उम्मेदवारहरु पनि आफ्नो पक्षमा भोट माग्न र काँग्रेसलाई जीत बनाउन जनताहरुको घरदैलो मात्र होइन खेतबारीमा समेत पुगेर मतदाताहरुको मन जित्न थालेका छन् ।

यस्तै काँग्रेसले निर्वाचन क्षेत्र नं. २ गुल्मीले चुनाव प्रचार प्रसार अभियान अन्तर्गत गाँउ गाँउमा चुनावी सभा र मतदाताहरुलाई गाँउघर र खेतवारी समेत पुगेर आफूलाई मत मागिरहेका छन् ।

चुनावी भेटघाट अभियानको क्रममा नेपाली काँगे्रस क्षेत्र नं. २ का (क) प्रदेशसभा सदस्यका उम्मेदवार शालिकराम पन्थीले खेतवारीमै पुगेर किसानहरुलाई  भेटेर भने, ‘देशको हरेक परिवर्तन ल्याउने र विकास  र निकासको पार्टी भनेकै काँग्रेस भएको हुँदा अब काँग्रेसले आर्थिक समृद्धि र संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाको लागि मलाई मत दिनुहोस् ।’

चुनावी सभा मात्र नभएर पन्थीले चुनावी प्रचार शैली परिवर्तन गरि मुसिकोट, पौदीअमराई वामी लगायतका विभिन्न गाँउटोल र मतदाताहरुको घरदैलो हँुदै किसानहरुको खेतबारीमा खेतीपाती भित्र्याउन र बाली लगाउन व्यस्त भएपछि खेतबारीमै पुगेर किसानहरुसँग भेटेर काँगे्रसको इतिहास नभुल्न आग्रह गदै उम्मेदवार पन्थीले किसानहरुसँग भोट मागिरहेका हुन् । 

यतिबेला उम्मेदवार पन्थी लगायत गुल्मीका सबै निर्वाचन क्षेत्र प्रतिनिधिसभा तथा प्रदेशसभाहरुमा काँगे्रसले आफ्नो चुनावी सभा र  प्रचार प्रसारलाई गाँउटोल र मतदाताहरुको घरदैलोमा केन्द्रित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ