काँग्रेस नेता धमला भन्छन् : 'पुरै धादिङ समृद्ध हुन्छ भने एक भोटको के लोभ गर्नु ?'
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
1k
Shares
धादिङ । नेपाली काँग्रेसबाट धादिङ क्षेत्र नं २ का प्रदेश सभा सदस्यका उम्मेदवार रमेश धमलाले विकासका लागि आफूलार्इ मत दिन आग्रह गरेका छन् । आइतबार नीलकण्ठ नगरपालिकामा भएको उम्मेदवार मतदाता भेटघाट एवं कोणसभा कार्यक्रममा नेता धमलाले विकासको लागि भिजन चाहिने भन्दै आफूसँग त्यो क्षेत्रको विकासका लागि स्पष्ट भिजन रहेकोले आफूलार्इ मत दिन आग्रह गरेका हुन्।
क्षे नं २ क बाट उम्मेदवारी दिएका उनले अर्गानिक कृषि र पर्यटनको विकाससँगै धादिङ जिल्लालाई एक नमुना जिल्ला बनाउने भन्दै जिल्लाको विकासको लागि एक मतमा कन्जुस्यार्इृँ नगर्न आग्रह गरे । उनले जिल्लामा विकासको नयाँ मूल फूट्छ भने एउटा भोटको लोभ गरेर केही नहुने बताए । उनले भने 'तपाईँ मलाई भोट दिनुस् म तपाईँलाई समृद्ध धादिङ दिन्छु ।'
कार्यक्रम नीलकण्ठ नगरपालिका वडा नं.१२ र वडा नं १३ मा भएको थियो । कार्यक्रममा सुरज खनाल, बाबुराम ढकाल, रामशरण सापकोटा, कपिल भट्ट लगायत २५ जनाले एमाले÷माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।