चिसापानी(लमजुङ) । प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै लमजुङमा नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढेको छ । मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै काँग्रेस प्रवेश गर्नेको क्रम बढेको हो ।
आईतबार बेसीशहर २ पाखाचोकका लोकबहादुर सारु, अमृतबहादुर थापा, धनबहादुर थापालगायत दर्जनौँ कार्यकर्ताहरु नेकपा माओवादी केन्द्र छाडेर काँग्रेसमा प्रवेश गरेका हुन्।
नवप्रवेशीलाई लमजुङ जिल्ला प्रतिनिधी सभाका उम्मेद्वार एवम् राज्य व्यवस्था समितिका निर्वमान सभापति दिलबहादुर घर्तीले खादा ओढाएर सदस्यता वितरण गरेका थिए ।
काँग्रेसमा प्रवेश गरेकाहरुले कम्युनिष्टहरुले धेरै बोल्ने काम नगर्ने प्रवृत्ति गरेको भन्दै काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।