arrow

रौतहटमा कांग्रेसको जनलहर

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
rautahat-congress1.jpg

रौतहट । रौतहटको ४ नम्बर क्षेत्रमा नेपाली कांग्रेसको पक्षमा जनलहर बढेको छ । दैनिकरुपमा पार्टी प्रबेश गर्नेको ओईरो छ । नेकपा एमाले र माओबादी केन्द्रको बामगठबन्धन, मधेशबादी दलको राजपा नेपाल र संघिय समाजबादी फोरम नेपालको गठबन्धनसंगै चुनावी प्रतिस्पर्धी दौडमा रहेको नेपाली कांग्रेसको पक्षमा भने जनलहर बढेको हो । मतदाताको उत्साहले उम्मेदवार लाई थप प्रोत्साहित गरेको छ । जनसंख्या र मतदाताको हिसाबले सबैभन्दा ठुलो क्षेत्रको रुपमा रहेको रौतहटको चार नम्बर क्षेत्रमा उम्मेदवारलाई घरदैलो गर्न भ्याई नभ्याई भएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेसका उम्मेदवार देबप्रसाद तिमल्सिनाले घरदैलो गर्ने क्रममा चन्द्रपुर–७ नयाबस्तिमा आईतबार माओबादी केन्द्र र एमाले परित्याग गरी लालबाबु दास, दिनेस दास, राजदेब दास, उमेश प्रसाद गुप्ता, सुरेस सहनी, शिक्षाराम दास, नथुनी दास, अनुठा साह तेली, रामएकवाल दास, मनोज कुमार गुप्ता, भुपेन्द्र दास, बीजय दास लगायत ७० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

दैनिक हुने घरदैलोमा नेपाली कांग्रेस प्रबेश गर्नेको संख्या बढोतरी रहेको छ । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि रौतहटको चार नम्बर क्षेत्रमा प्रतिनिधि सभा तर्फ १८ जना र प्रदेश सभाको दुबै क्षेत्र गरी ३३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन । यस पटकको निर्वाचनमा बामगठबन्धनको तर्फ बाट एमाले डाक्टर बंशिधर मिश्र सबैभन्दा पुराना अनुहार हुन । उनी ०४८ सालको संसदिय निर्वाचनमा यसै क्षेत्र बाट बिजयी भएका थिए ।

 २६ बर्षसम्म राज्यको शक्तिमै बसेका उनी यसपटक फेरी रौतहटको चार नम्बर क्षेत्रमा उम्मेदवार बनेका छन । उनी निर्बाचमा पटक पटक उम्मेदवार बनेका हुन भने गएको संबिधान सभाको निर्वाचनमा समानपातिक बाट उनी सासंद बनेका थिए । नेपाली कांग्रेसका देब प्रसाद तिमल्सिना भने ०७० को संबिधान सभामा एमालेका राम कुमार भट्टराई संग झिनो मतान्तरले पराजित भएपनि उनी जनता माझ लोकप्रिय रहेका छन् ।

 जनतासंगै रहेर दुखसुखमा साथ दिएका उनलाई यसपटकको चनाबमा घरदैलो गर्दा जनताको माया रहेको देखिएको छ । उता राजपा नेपालबाट उम्मेदवार बनेका कन्थमणि जैयसवालले भने दुई कार्यकाल रौतहट उधोग बाणिज्य संघको कार्यभार सम्हालिसकेका छन । स्थानीय तहको निर्वाचनमा उनले गरुडा नगरपालिकाको प्रमुख पदमा टिकट पाउने आशमा माओबादी केन्द्रमा प्रबेश गरेपनि अन्तत उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस  पटकको निर्वाचनमा उनी प्रतिनिधि सभाको निर्वाचनमा राजपा नेपाल बाट उम्मेदवार बनेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ