arrow

प्रधानमन्त्री हुदा इलाम बिर्सिएका खनालले भने: 'जिल्लालाई पर्यटकीय क्षेत्र बनाउन चुनावमा होमिएको हुँ'

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
jhalanath-khanel.jpeg

इलाम । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आसन्न निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने जिकिर गरेका छन्। 

माई नगरपालिका १० मा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेर मुलुकलाई समाधान दिने बताए । "वाम गठबन्धन अब एकताको प्रक्रियामा अघि बढेको छ, एकता हुने भएपछि दक्षिणपन्थी र काँग्रेस अत्तालिएका छन्,", उनले भने । 

निर्वाचनपछि आर्थिक समृद्धिको बाटामा मुलुकलाई उन्मुख गराउने नयाँ योजनाका साथ वाम गठबन्धन गरिएको उल्लेख गर्दै उहाँले गठबन्धनका उम्मेदवारमाथिको आक्रमण सुनियोजित भएको टिप्पणी गरे । 

इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने योजनाका साथ आफू निर्वाचनमा होमिएको बताउँदै पूर्वप्रधानमन्त्री खनालले यहाँका अन्तु, कन्याम, सन्दकपुर र माइपोखरीको पर्यटनलाई माथि उकास्ने खालका नयाँ योजना ल्याइने जानकारी दिए ।

प्रधानमन्त्री  हुदा खनाले इलामलाई बिर्सिएर केहि नगरेको आरोप लाग्दै आएको छ । निर्वाचनको समयमा  जिल्लालाई पर्यटकीय क्षेत्र बनाउछु भन्दै मत माग्दै गर्दा मतदाता अलमलमा परेका छन् ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ