मोरङ २ का रुष्ट बाम कार्यकर्तालाई डा. रिजालले गराए पार्टी प्रवेश
किरण न्यौपाने,
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
552
Shares
रंगेली । बाम गठबन्धन गरेर प्रतिनिधी सभा र प्रदेशसभाका लागी नेकपा एमाले र माओवादी केन्द्रवीच चुनावी तालमेल भएता पनि आम कार्यकर्ताहरु भने रुष्ट देखिका छन् । केन्द्रमा दुई पार्टिबीच भएको तालमेल विपरीत एमाले र माओवादी केन्द्रका आम कार्यकर्ताहरुले पार्टि परित्याग गर्न थालेका छन् ।
मोरङ क्षेत्र नं.२ मा अहिले बाम गठबन्धन परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका छन् । शुक्रवार मोरङको क्षेत्र नं.२ बवियाविर्तामा विभिन्न पार्टि परित्याग गरेर ४ सय ८५ जना नेपाली कांग्रेसमा प्रवेश गरेसंगै शनिवार समेत त्यतिकै संख्यामा बाम गठबन्धनलाई नरुचाउदै नेकपा एमाले र माओबादी केन्द्र बाट परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेमा मोरङ क्षेत्र नं.२ अन्तर्गत नेकपा एमाले बवियाविर्ता गाऊ कमिटीका सह संयोजक धनश्याम श्रेष्ठ, नया शक्तिका क्षेत्रिय संयोजक अशोक साह लगायत २ सय ४४ जना रहेका छन् । उनिहरुलाई नेपाल कांग्रेस मोरङको क्षेत्र नं.२ का प्रतिनिधी सभा उमेदवार डा.मिनेन्द्र रिजालले अविरमाला गरेर स्वागत गरेका छन् ।
यस अधि माओबादी केन्द्र बवियाविर्ताका संयोजक रमेश खवास, कोषाअध्यक्ष विक्रम माझी, सदस्य सहमद हुसेन, रामहरी पाण्डे, नया शक्ति नेपाल बवियाविर्ता संयोजक तालाबाबु टुडु सदस्य दिनेश राय, अमरु ऋषिदेव, एमाले गाऊ कमिटी सदस्यका गुरु टुडु लगायतका कार्यकर्ताहरुले बाम गठबन्धन परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेसमा प्रवेश गरे संगै मोरङ क्षेत्र नं.२ मा बाम गठबन्धन कमजोर भएको बवियाविर्ता सचिव सुभाष सिग्देलले बताए ।
नवप्रवेशीहरुलाई मोरङ्ग क्षेत्र नं.२ का प्रतिनिधीसभाका उमेदवार डा.मिनेन्द्र रिजाल, समानुपातिक उमेदवार गोपालमान सिंह राजभण्डारी, प्रदेश सभा (क) उमेदवार सुमन कुवर, महेश्वर राजवंशी, दिलिप गच्छदार, जिल्ला सचिव मोदराज घिमिरेल समेतले स्वागत गरेका थिए । साथै नेपाली कांग्रेस मोरङ क्षेत्र नं.२ ले चुनावी गतिविधी संगै प्रचार प्रसारलाई तिब्रता दिई विभिन्न स्थानमा कोणसभा, घरदैलो थालेको छ ।