arrow

शहीदको नाम बेचेर विकासको ढोङ रच्ने दिन गए : डिना 

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
dina_congress.jpg

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा मकवानपुर २ की उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले मकवानपुरमा १५ वर्ष कम्यूनिष्टहरुले शहीदको नाम बेचेर विकासको ढोङ् रच्ने दिन गएको बताउँदै लोकतन्त्र गुमे अधिनायकवादको शासन लागु हुने भन्दै वामगठबन्धनसँग हामी डराउनु नपर्र्ने बताएकी छिन् । मकवानपुरको थाहा नगरपालिका ११ र १२ टिस्टुङ नौखण्डेमा निर्वाचन प्रचार प्रसार समितिको वडा कार्यालय उद्घाटन तथा निर्वाचन प्रचार प्रसार समिति गठन कार्यक्रममा उपाध्यायले यस्तो बताएकी हुन्।  

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का प्रदेशसभाका उम्मेदवार यतिराज सापकोटाले नेपाली काङग्रेसले सधै विकासको बाटोमा अघि बढ्ने भन्दै २ नम्बर यो ठाउँ र भुगोलसंग परिचित रहेको र विकासको काममा अगाडि बड्नका लागि पनि लोकतान्त्रिक गठबन्धनले जित्नु जरुरी रहेको प्रतिवद्दता व्यक्त समेत गरेका छन् ।

सुमन गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा मणिराज गुरुङ, लक्ष्मी श्रेष्ठ, निलम देवकोटा, कृष्णभक्त श्रेष्ठ, ईश्वर नाथ पौडेल, पवित्रा महत, जिल्ला सदस्य सुनमाया स्याङ्तान, महाधिवेशन प्रतिनिधि राजेन्द्र बिडारी, १२ नम्बर वडा इकाई सभापति बुद्धराम स्याङ्तान, थाहानगर सचिव राममाया केसी, नेपाली काङ्ग्रेस २ नम्बर क्षेत्रीय सचिव तथा निवार्चन परिचालन समितिका सह संयोजक ओम बहादुर बस्नेत, रा प्र पा स्थानिय नेता हरिबहदुर बम्जन, दिनेश उपाध्यय, लक्ष्मण सुवेदी, लगायतको उपस्थिती रहेको थियो । 

त्यसैगरी, थाहानगर वडा ११ मा चीन कुमार गोलेको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको र  वडा १२ मा राम बहादुर बलको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन भएको निवार्चन परिचालन समितिका सह संयोजक ओम बहादुर बस्नेतले जानकारी दिए ।
    
लोकतान्त्रिक  गठबन्धनको ६ नम्बरमा चुनाव प्रचारप्रसार समिति
प्रतिनिधि सभा क्षेत्र नम्बर १ को हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा लोकतान्त्रिक  गठबन्धनको संयुक्त बैठक शनिबार सम्पन्न भएको छ । बैठकले नेपाली काँग्रेस ६ नम्बर वडा सभापति रामहरी तिमल्सिनाको संयोजक र राप्रपा वडा अध्यक्ष केदार राई सहसंयोजक रहने गरि  ५ सय १ सदस्यीय चुनाव प्रचारप्रसार समिति निर्माण गरेको छ । 

त्यसैगरी, संयुक्त भेलाले युवा परिचालन समिति र महिला परिचालन समिति समेत निर्माण गरेको छ । युवा परिचाल समितिको संयोजक राजकुमार बास्तोला र सहसंयोजक लक्ष्मण सापकोटा रहेका छन् भने महिला परिचालन समितिको संयोजकमा शोभा खतिवडा र सहसंयोजकमा सुमित्रा तिमल्सिना रहेको वडा सभापति रामहरी तिमल्सिनाले जानकारी दिए । 

६ नम्बर वडा सभापति रामहरी तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, पूर्व महाधिवेसन प्रतिनिधि होमनाथ गौतम, राप्रपा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ