arrow

प्रधानमन्त्री देउवा चुनावी दौडाहामा,शनिबार तीन जिल्लाको आमसभालाई सम्बोधन गर्ने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
deuba-2017.jpeg

पाँचथर। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पाँचथर सहित पूर्वका तीन जिल्लाको चुनावी आमसभालाई सम्बोधन गर्दे छन् । देउवाले  पाँचथरको फिदिम नगरपालिकामा रहेको लब्रेकुटीमा फाल्गुनन्दको १ सय ३३ औ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्देछन् ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व क्षेत्रमा निस्किने प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथिभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ । बिहान साढे १० बजे पाथिभरा दर्शन गर्ने र त्यसपछि ताप्लेजुङ सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वताइएको छ ।

तोक्मेको आमसभापछि प्रधानमन्त्री देउवाले पाँचथर र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्ने काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले जानकारी दिनुभयो । सभापति देउवासँगै कांग्रेस नेता बालकृष्ण खाँण पनि आमसभामा आउने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । जिल्लास्तरीय कार्यक्रमलाई ताप्लेजुङमा प्रधानमन्त्री देउवा, नेता खाँण, पाँचथर प्रतिनिधिसभाका उम्मेदवार भिष्मराज आङदेम्बे, प्रदेश सभा उम्मेदवारहरु नरेन्द्र कुमार केरुङ,सुरेन्द्र कुमार दाहाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ