काँग्रेसले क्षेत्रीय स्तरका मिडिया सेन्टर १० ठाउँमा खोल्ने
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
782
Shares
काठमाडौं । नेपाली काँग्रेसले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको प्रचार अभियान तिव्र पार्न सातै प्रदेशका १० मुख्य स्थानमा मिडिया सेन्टर स्थापना गर्ने भएको छ ।
आगामी २७ गते धनगढी, नेपालगंज, सुर्खेत, बुटवल, नारायणगढ, पोखरा, बिरगंज, जनकपुर, इटहरी र झापामा गरी एकै पटक १० मुख्य स्थानलाई केन्द्रित गरेर मिडिया सेन्टर खोल्ने तयारी गरेको पार्टी केन्द्रीय कार्यालयमा रहेको मिडिया सेन्टरका संयोजक शुरे्स आचार्यले जानकारी दिए ।
‘२७ गते सातै प्रदेशका १० स्थानमा मिडिया सेन्टरको प्रमुख नेताहरु द्धारा उद्घाटन गर्ने कार्यक्रम छ,,’ आचार्यले भने ।
उनका अनुसार पोखरामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, जनकपुरमा विमलेन्द्र निधि, झापामा कृष्ण सिटौला, बिरगंजमा रमेश रिजाल, धनगढीमा बद्री पाण्डेले मिडिया सेन्टरको उद्घाटन गर्ने छन । अन्य स्थानमा पनि केन्द्रीय नेताहरुले सेन्टरको शुरुवात गर्ने आचार्यले बताए ।
सो स्थानमा खोलिएका मिडिया सेन्टर मार्फत छिमेकी जिल्लाहरुमा पार्टीका जिल्ला स्तरका नेताको संयोजकत्वमा उपसमिति गठन गरिने छ भने मिडिया मोनिटरिङ्गको जिम्मा प्रेस युनियनले लिने युनियनका अध्यक्ष बद्री सिग्देलले बताए ।
प्रधानमन्त्री जिल्ला जाने
नेपाली कांगे्रसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार आज चुनावि सभालाई सम्बोधन गर्न जिल्ला दौडाहामा निस्कदैं छन ।
देउवा आज प्रदेश १ का ताप्लेजुङ्ग, पाँचथर र सोलुखुम्बुमा हुने चुनावी सभालाई सम्बोधन गर्न त्यस तर्फ जान लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
काँग्रेसले देशका मुख्य मुख्य स्थानमा समेत केही दिन भित्रै शिर्ष नेतृत्व सहभागी हुने कार्यतालिका बनाउँदैछ।