arrow

सुरक्षालाई ध्यान दिंदै मदिरा निषेधित क्षेत्र घोषणा

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
Baitadi_District.png

बैतडी । आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । 

आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । 

मंसिर ५ गतेदेखि जिल्लाभरि नै मदिराको कारोबारमा रोक लगाइने उनले बताए । मदिराका कारण चुनावी सुरक्षामा खलल पर्ने भएकाले मदिराको कारोबारमा रोक लगाउने निर्णय भएको हो । 

मदिराको कारोबार रोक्नका लागि प्रत्येक स्थानीय तह र प्रहरी युनिटमा परिपत्र गरिसकिएको छ । 

निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा मंसिर १० गते निर्वाचन हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ