arrow

लोकतान्त्रिक गठबन्धनले बनायो धनकुटाका सबै स्थानीय तहमा निर्वाचन परिचालन समिति

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
dhankuta_view_01.jpg.jpeg

धनकुटा । धनकुटा जिल्लाको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन नेपाली कांग्रेस धनकुटाले बिहिबार सवै स्थानीय तह तथा वडाहरुमा चुनावी अभियान संचालन गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु प्रतिनिधि सभाका सुनिलवहादुर थापा ,प्रदेश सभा क्षेत्र न.१ का मनोहर नारायण श्रेष्ठ , प्रदेश सभा क्षेत्र नं.२ का अर्जुन थापा  र नेपाली कांग्रेसका समानुपातिकका उम्मेदवारहरु लिला सुब्बा र कमोट कुमार फागु लगायतका उम्मेदवारहरुलाई विजयी बनाउन पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्ने निर्णय  गरेको हो ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षमा भएको बैठकले निर्वाचन परिचालनका लागी धनकुटा नगरपालिकामा दिनेश राई संयोजक र अम्बिका परियार , रोशन श्रेष्ठ सदस्य रहनु भएको  समिति गठन गरेको छ । 

यसैगरी आहाले र महाभारतमा नेपालधन राई , भेडेटारका लागी सिता प्रधान संयोजक, बुढिमोरग र खुवाफोकका लागी हर्कराज राई, फाक्सिव र डाँडाँबजारका लागी हर्क चेम्जोङ्लाई संयोजकको जिम्मेवारी दिइएको छ । 

नेपाली कांग्रेस धनकुटाले  छिन्तागका लागी भूपेन्द्र भण्डारी राजारानी र मौनाबुधुकका लागी दुर्गा सुवेदी संयोजक बोधे र वसन्तटारका लागि ललित चेम्जोङ् , कुरुलेतेनुपाका लागी दुर्गा सुवेदी, मुढेवासका लागी मोहन वान्तवा, छ नं. बुधवारेका लागी देवेन्द्र श्रेष्ठ र आखिसल्लाका लागी रविन्द्र नेपालीलाई संयोजक तोकेको छ । 

यसैगरी मारे कटहरेका लागी अञ्जना ताम्ली, चानुवा डाँडाँगाउँका लागि लेखनाथ पौडेल, जितपुरका लागी खेमराज पौडे,मूर्तीढुंगाना परेवादिनका लागी घनेन्द्रराज श्रेष्ठलाई परिचालन समितिको संयोजकको जिम्मेवारी दिइएको छ । 

नेपाली कांग्रेसले तेलिया तांखुवाका लागी निर्मल ओझा,हात्तिखर्कका लागी विष्णु पौडेल,खोकुका लागी मोहन वान्तवा,पाख्रिवास नगरपालिका लागी ज्ञानु गुरुग, चुङवाङका लागीसुमना तिम्सिना र लेगुवाका लागी रेखा पुरीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ