कांग्रेसले मात्र लोकतन्त्र जोगाउन सक्छः मन्त्री अम्बिका बस्नेत
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
142
Shares
काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ ले आक्रामक शैलीमा प्रचार प्रसार शुरु गरेको छ। आसन्न निर्वाचनमा नेपाली कांग्रेसका सबै उम्मेदवारहरुलाई शान्दार ढंगले विजयी गराउन आक्रामक शैलीको प्रचार थालिएको हो।
यसैक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५ ले गरेको प्रचार प्रसार भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवं काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार अम्बिका बस्नेतेले नेपाली कांग्रेसले मात्र मुलुकमा लोकतन्त्रको संरक्षण गर्न सक्ने बताइन्। सहकारी तथा गरिवी निवारण मन्त्री समेत रहेकी बस्नेतले लोकतान्त्रिक गठवन्धनको जीतले मात्र नेपालको विकास हुने बताइन्।
नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनले नेपालको आर्थिक विकास गर्ने र त्यसको लागि जनताले निर्वाचनमा कांग्रेसलाई जिताउनु पर्ने उनले बताइन। कार्यक्रममा बोल्दै प्रदेश क्षेत्र (क) का उम्मेदवार छिरिंग दोर्जे लामाले अवको नेपाल निर्माण गर्ने जिम्मेवारी युवाको भएको र आफु पनि सोहि युवा समुदायको प्रतिनिधि भएको बताए। प्रदेश क्षेत्र नं (ख) का उम्मेदवार विमल ठकुरीले बुबा स्वर्गिय चक्र बहादुर ठकुरीको योगदान स्मरण गर्दै सोहि विरासतलाई कायम राखेर जनताको काम गर्न आफू राजनीतिमा होमिएको बताए।
कार्यक्रममा प्रचार संयोजक तथा नेपाली कांग्रेसका युवा नेता कुमारराज सुवेदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि लोकतान्त्रिक शक्तिको जित हुनु पर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सहित विविध क्षेत्रलाई प्रतिनिधित्व गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो।