काँग्रेस उम्मेदवार लिम्बूको उद्घोष –वामसँग विकासी कामको प्रतिस्पर्धा हुन्छ
तेजन खड्का,
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
411
Shares
उर्लाबारी। मोरङ प्रदेश नम्बर १ का उम्मेदवारलाई बिजय गराउन नेपाली कांग्रेसले प्रचारप्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्र पारेको छ। यतिबेला कांग्रेसका मोरङ क्षेत्र नम्बर १का प्रतिनिधिसभा उम्मेदवार डिगबहादुर लिम्बू, प्रदेश उम्मेदवार ललित अधिकारी लगायत कांग्रेसजन कार्यकर्ता भेला तथा चुनाबी रणनितीमा ब्यस्त छन्।
यसैबिच कांग्रेसको पक्षमा माहौल बढाउनका लागि बुधबार मोरङको मधुमल्लामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलामा मिक्लाजुङ सभापति सेमन्तराज दहालको संयोजकत्वमा ५ सय ११ जनाको चुनाब प्रचारप्रसार समिति गठन गरिएको छ। समितिमा तरुणदल, नेपाल महिला संघ लगायत भातृसंगठनहरुबाट सदस्यहरु छनौट गरिएको छ। यस्तै, मानबहादुर राईको संयोजकत्वमा चुनाब अनुगमन समिति गठन भएको छ।
समितिको सहसंयोजकमा गोपाल बस्नेत सदस्यहरुमा सेरबहादुर बस्नेत,बबी राई,खेम मादेन,मनोज तामाङ, जयगोपाल साह, राधा बोहोरा र याङबहादुर मगर रहेका छन्। प्रत्येक वडाको प्रतिनिधीत्व रहने गरि समिति चयन गरिएको गाउँ सभापति सेमन्तराज दहालले बताए।
कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश उम्मेदवार ललित अधिकारी, क्षेत्रिय सभापति खड्ग फागो, कांग्रेस मोरङ जिल्ला सदस्य सीता कार्की,क्षेत्र नम्बर १ का अनुगमन संयोजक बिजय कार्की लगायतले कांग्रेसको पक्षमा माहौल बढाउन र कांग्रेसका विकासी एजेण्डा लिएर जनतामाझ जान अनुरोध गरे। जिल्ला सभापति डिगबहादुर लिम्बूले बामसँग आफ्नो विकासी कामको प्रतिस्पर्धा हुने बताए।