arrow

चुनावमा पैँसा बाड्नेसँग पनि डटेर सामना गर्छौँ–बिजुक्छे

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
narayanman.JPG

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न निर्वाचनमा विपक्षीसँग डटेर सामना गर्ने बताएका छन् ।

पार्टीले भक्तपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेमकिपा कुनै पनि ठाउँमा झुकेर नबस्ने बताए । चुनावमा पैसा बाँड्ने, प्रलोभनमा पार्ने र गुण्डागर्दीबाट चुनाव जित्न खोज्ने सक्रिय रहेको चर्चा गर्दै उहाँले त्यस्ता दल र उम्मेदवारहरुलाई परास्त गर्नुपर्नेमा जोड दिए ।

सभामा नेमकिपा केन्द्रीय सचिव एवं प्रतिनिधिसभा भक्तपुर क्षेत्र नम्बर १ का उम्मेदवार प्रेम सुवाल, केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगर, क्षेत्र नं २ ‘क’ का उम्मेदवार सरोजराज गोसाईँ, क्षेत्र नं १ ‘ख’ का उम्मेदवार सुरेन्द्रराज गोसाईँ, क्षेत्र नं १  ‘क’  का उम्मेदवार नीरज लवजू र क्षेत्र नं २ ‘ख’ का उम्मेदवार प्रेमजन थापालगायतले चुनावमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ