पैँसा बाँडेपछि एमाले उम्मेदवार प्रेम बहादुरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
154
Shares
डोटी । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि डोटीबाट उम्मेदवार बनेका प्रेमबहादुर आलेमगरलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
आचारसंहिता उल्लंगन गर्दै पैसा बाँडेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निवर्तमान सांसद समेत रहेका आलेमगरलाई आयोगले २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पठाउन भनेको छ ।
डोटीमा उनले मतदातालाई प्रभावित पार्न पैसा वितरण गरेको समाचार आएपछि उनीविरुद्ध उजुरी परेको थियो ।
चुनावी अभियानका क्रममा उनले डोटीको सानागाउँ निवासी एच आईभी संक्रमित चनरी देवी भण्डारीका ७ वर्षीय छोरा कर्ण भण्डारीको उपचारको लागि व्यक्तिगत ११ हजार आर्थिक सहयोग गरे ।
जिल्ला अस्पताले चेकजाँचका क्रममा पिसाव नलीमा खराबी देखिएको र ३ लाख खर्च लाग्ने भनेपछि भण्डारीको उपचारका लागि स्थानीयले नै आर्थिक सहायता संकलन गरेका थिए । स्थानीयले संकलन गरेको रकममै आफुले ११ हजार दिएको निवर्तमान सांसद आलेमगरले हाम्राकुरालाई जानकारी दिए ।
तर सामाजिक सञ्जालमा राखेर निर्वाचन आचार संहिता विपरित किन प्रचार गरेको भन्ने बारेमा भने उनले चित्त बुझ्दो जवाफ दिएनन।