काठमाडौं । एकतन्त्रीय सर्वसत्तावाद लाद्न तम्सेकाहरुलाई मतदान नगर्न नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले अनुरोध गरेका छन् । झापाको क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका सिटौलाले पञ्चायतको पक्षमा रहेर शोषण दमन गर्नेहरु तथा शाही शासनमा लोकतन्त्रको पक्षमा लड्नेमाथि दमन गर्नेहरुलार्इ मतदान नगर्न आग्रह गरेका हुन् ।
झापाको बाह्रदशी गाउँपालिका ४ मा चुनावी सभालाई सम्वोधन गर्ने क्रममा पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले यस्तो अनुरोध गरेका हुन् । सिटौलाले परिवर्तन चाहनेहरु पुरातनवादी सोचभएकाहरुको पछाडि नलाग्न समेत अनुरोध गरेका छन् ।आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादीले उम्मेदवारी नदिएपछि परिवर्तनको पक्षधर कांग्रेसलाई मतदान गर्न अनुरोध गरेका छन् ।
२००६ सालदेखि काँग्रेस कम्युनिष्ट मिलेर परिवर्तनको लडाई लडेको स्मण गर्दै सिटौलाले वामगठवन्धनले उम्मेदवारी नदिएपछि आफ्नो जीत निश्चित रहेको बताए । झापा क्षेत्र नम्वर ३ मा कांग्रेसबाट सिटौला र राप्रपाका राजेन्द्र लिङदेन प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार बनेका छन् । लिङदेनलाई वाम गठवन्धनले समर्थन गर्ने जनाएको छ ।