arrow

काँग्रेसी उम्मेदवार खड्काको वचन–‘सरकारी तलब वृद्धवृद्धाका लागि खर्च गर्छु’

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
nepali-congress-flag.jpg.jpeg

मंगलबारे । इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश नं १ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका डम्बर खड्काले आफूले जितेको खण्डमा सरकारी तलब भत्ता नलिने घोषणा गरेका छन् ।  

उनले इलाम सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै प्राप्त सेवा सुविधामा आफूले अझ थपेर वृद्धवृद्धालाई प्रदान गर्ने घोषणा गरेका हुन् ।  

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका खड्का निर्माण व्यवसायी हुन् । 

हालसम्म विभिन्न धार्मिक संघ संस्थामा व्यक्तिगत रुपमा सहयोग गर्दै आएका खड्का समाजसेवीको रुपमा समेत परिचित छन् ।  

उनले भने, “मलाई कुनै पनि सरकारी पैसाको लोभ छैन । म समाजको लागि सेवा गर्न राजनीतिमा होमिएको हुँ ।” 

आफूलाई आवश्यक रकम निर्माण व्यवसायबाट नै प्राप्त हुने भन्दै खड्काले देशको विकासमा आफू लगातार लागिरहने प्रतिबद्धता समेत जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ