arrow

काँग्रेस नेता दिलबहादुर घर्तीले भने –जनताको अधिकार स्थापित गर्न मेरो उम्मेद्वारी  

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
dilbahadur-gharti.jpg

लमजुङ । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले जनताको अधिकार स्थापित गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।
 
नेपाली काँग्रेस बेशीसहर नगरपालिका वडा नं ९ विम्दामा मंगलबार साँझ चुनावी सभालाई सम्बोधन गर्दै नेता घर्तीले जनताको अधिकार स्थापित गराउँन लाग्दालाग्दै आफु राज्यबाट निकाला भएको स्मरण गरे । 

उनले भने, “म राज्यबाट देश निकाला हुँदै गर्दा नेपालका कम्युनिष्टहरु पञ्चायत संरक्षणमा लागें ।”

नेपाली काँग्रेस लमजुङका प्रतिनिधी सभाका उम्मेद्वारसमेत रहेका नेता घर्तीले आफु जनताको अधिकारलाई लड्दा देश निकाला भएको भन्दै आफुसँग प्रतिस्पर्धामा आउने देव गुरुङ बन्दुकको नालबाट सत्ता लिन सकिन्छ भनेर निहत्था नागरिकमाथि वर्वर यातना र निर्मम हत्यामा लागेको आरोप लगाए ।

“जति निर्दोश नागरिकहरुको हत्या गरेपनि बन्दुकबाट सत्ता नआएपछि काँग्रेसले डोहोर्याएको बाटोमा उहाँहरु आउनुभयो,”– नेता घर्तीले भने । 

माओवादीप्रति निकै आक्रामक बनेका नेता घर्तीले माओवादीले जनतामा जातिय र धार्मिक आस्थालाई जुधाएर विभाजन ल्याउने बाहेक अरु केही गर्न नसकेको भन्दै आर्थिक सम्वृद्धिकालागि काँग्रेसको जित आवश्यक रहेको धारणा राखे । 

उनले आफ्नो काम भाषण भन्दा पनि प्रजातान्त्रिक मुल्य र मान्यतालाई स्थापित गराउनका लागि भएको बताए । 

जनताको आर्थिक हैसियत उचो नभएसम्म अन्य विकास सम्भव नभएकाले अहिलेको प्रतिव्यक्ति आयलाई कम्तिमा पनि तेव्वर पार्ने गरि काम गर्नेछु । 

लमजुङ सम्भावना भएको जिल्ला भएकाले विकासका योजनामा आफू सदैव क्रियाशिल हुने दावी गरे । 

उनले भने, “ कोही मन्त्री हुन्छु भोट दिनुस भन्छन् , कोही मुख्य मन्त्री बन्नु भोट दिनु भन्छन् तर म मन्त्री हुने र मुख्य मन्त्री हुने नभई जनताको सेवा र प्रजातान्त्रिक व्यवस्था जोगाउन क्रियाशिल हुन्छु ।” 

कार्यक्रममा नेपाली काँग्रेसका सभापति भेषबहादुर पौडेलले हिंसाबाट देशलाई तहसनहस बनाउनेहरुलाई जनताको मत माग्ने कुनैअधिकार नभएको भन्दै प्रजातन्त्रमा विश्वास गर्ने शक्तिलाई मात्र मत माग्ने अधिकार भएको बताए ।
 
कार्यक्रममा पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, महासमिति सदस्य पार्वती तामाङ, महाधिवेशन प्रतिनिधी गमप्रसाद गुरुङ, खजिन्द्र गुरुङ, नेपाली काँग्रेस लमजुङका सचिव हरिप्रसाद  बराल लगायतले प्रजातन्त्रलाई बलियो बनाउन काँग्रेसको जित आवश्यक रहेको भन्दै काँग्रेसलाई मत दिन आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ