इलेक्सन ट्रान्सफर जोनः नेकपा माले पोलिटब्युरो सदस्य एमालेमा
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
166
Shares
काठमाडौँ । नेकपा मालेका पोलिटब्युरो सदस्य रामचन्द्र बलामीसहित ३० जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार साँझ यहाँ आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मालेका केन्द्रीय सदस्य भरतमणि ज्ञवाली, सो पार्टीको मजदुर संगठनको केन्द्रीय अध्यक्ष नरबहादुर थापालगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराए ।
ज्ञवाली गुल्मी क्षेत्र नं १ मा नेकपा मालेका तर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।
सो अवसरमा अध्यक्ष ओलीले वाम गठबन्धनलाई समृद्ध र प्रभावकारी बनाउने एकता प्रक्रियामा यसले सहयोगी हुने बताए ।
मालेका पोलिटब्युरो सदस्य बलामीले बृहत् वामपन्थी एकताका लागि प्रयास गर्दा मालेको नेतृत्व तयार नभएकाले आफूहरु बृहत् वाम एकतामा आएको बताए ।