काँग्रेस नेता निधिको स्पष्टिकरण –‘मेरो प्रतिस्पर्धा कसैसँग छैन’
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
714
Shares
महेन्द्रनगर । नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको दाबी गरेका छन् ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले भने, “धनुषावासीका लागि गरेको योगदानको कदर गर्दै पुनः धनुषा क्षेत्र नं ३ का जनताले आफूलाई भारी मतले विजयी बनाउने छ ।’’
मंगलबार आफ्नो गृह गाउँ नगराइनमा स्थानीय नेता कार्यकता तथा पत्रकारसँगको भेटघाटका क्रममा उनले स्थानीय तहको निर्वाचनमा केही रुष्ट रहेका कार्यकर्तासमेत अहिले पुनः पार्टी कै भोट मागिरहेको दाबी गरे । रासस