संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई मतदान : मन्त्री बलायर
गणेश मौनी,
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
681
Shares
डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले संविधानको कायान्वयन र लोकतन्त्रको रक्षाका लागि काग्रेसलाई मतदान गर्न आवश्यक रहेको बताएका छन् । प्रदेशसभा ‘ख’ ले मंगलबार दिपायलमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भनेको लोकतन्त्र कि निरंकुश कम्युनिस्ट शासन भन्ने जनमत संग्रह जस्तै भएको बताएका छन् ।
बाम गठबन्धनका विरुद्ध चुनावमा होमिएको काँग्रेसले दिपायलमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै मन्त्री बलायरले भने ‘लोकतन्त्रको रक्षाका लागि सबै जनता सचेत भएर काँग्रेसको पक्षमा मत नखसाले भोलीका दिनहरुमा राष्ट्रमा संकट उत्पन्न हुनेछ । यदि एमाले–माओबादी गठबन्धनका पक्षमा मत खसालेर बिजय गराईयो भने भोलीका दिनहरुमा पछुताउनु पर्ने छ । जनता बोल्ल पनि पाउने छैनन् । कम्युनिष्ट शासन लादिने छ र सर्बसाधारका हकअधिकारहरु खोसिनेछन् । तसर्थ काँग्रेसले यो दुईकिक्ता विचको चुनाव बहुमतले जित्नु पर्ने छ र जिताउनु पर्नेछ ।’
उनले भने काँग्रेसले यो चुनाव जित्ने धेरै आधारहरु भएकाले आफुहरुको जित सुनिस्चित भएको मन्त्री बलायरले बताए । उनले थपे हिजोका दिनरुमा जे जसरि कम्युनिष्ट लाई सहयोग गरेको भएपनि अब जनता सचिन जरुरी छ । आफन्त नातागोताका आधारहरु बिर्सेर भए पनि लोकतन्त्र रक्षाका लागि, आफुले पाईराखेका सेवा सुविधाको उपभोक गर्नका लागि, संबिधानमा व्यवस्था भए अनुसारको आफ्नो अधिकार प्रयोग गर्नका लागि काँग्रेसलाई बिजयी गराउनै पर्छ । हैन भने लोकतन्त्र संकटमा राखेर राष्ट्रपतिय शासनको सामना गर्नु पर्नेछ, विश्वमै फेल भएको कम्युनिष्ट शासन झेल्नु पर्ने छ । राणा शासन फर्केर आउने छ ।
तपाई हाम्रो लामो संघर्ष, बलिदान, काँग्रेसले ल्याएको विश्वकै उतकृष्ट संविधान माटोमा मिसिने छ । त्यसैले यो पाला शिद्घान्त नबुझेर एमाले–माओबादी लाई सहयोग गरिरहेका सबैले लोकतान्त्र प्रती राष्ट्रप्रती जिम्मेबार बनेर देशको सच्चा नागरीकको ठाउँमा उभिएर काँग्रेसलाई मतदान गर्न पनि मन्त्री बलायरले अनुरोध गरे ।’
अहिलेको अबस्थामा कांग्रेसलाई चुनाव जित्ने, सरकार चलाउने चिन्ता भन्दापनि संबिधानको पूर्ण कार्यान्वयन र लोकतन्त्र संस्थागत गर्ने चिन्ता रहेको बताए । उनले भने, ‘कम्तिमा तिन तहका चुनाव सम्पन्न हुदैछन् । यत्तिले मात्रै संविधान कार्यान्वयन हुदैन् । ती सरकारका जग मजबुत बनाउनु छ । त्यसका लागि नीति नियमहरु तय गर्नुछ । तब संविधान कार्यान्वयन हुन्छ । तब लोकतन्त्र पुर्णतः स्थापित हुन्छ ।’
जिल्ला स्थित थुप्रै नेता कार्यकर्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा ‘ख’ का उमेद्वार योगेन्द्र बहादुर शाहीले अहिलको मुख्य चनौती र आवस्यकता संबिधान कार्यान्वयन भएको भन्दै संबिधान कार्यान्वयन नेपाली काँग्रेसबाहेक कसैले गर्न नसक्ने बताए । बषौ देखि अड्केको संबिधान नेपाली काँग्रेसले मात्रै जनता माझ ल्याउन सकेको उधाहरण दिदै नेपालमा जनता र राष्ट्रको हितमा जतिपनि परिबर्तनका कामहरु भए ति सबै नेपाली काँग्रेसकै अगुवाईमा सम्भब भएकाछन् । अबको संबिधान कार्यान्वयनको जिम्मेवारी पनि जनताले काँग्रेसलाई नै सुम्पिनेमा आशा ब्यक्त गरे ।
दर्जनौ नेता कार्यकर्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रमा दजनौले आफ्नो धारण राखेका थिए ।पछिल्लो समय डोटीमा काँग्रेसलाई जिताउन जिल्लाका सबै पुराना नेता कार्यकर्ता र उम्मेदवारहरु एकजुट भएर लागेका छन् ।