रामेछापको माओवादी प्रभाव क्षेत्रमा काँग्रेस उमेद्वार कान्छारामलाई ८५ किलोको माला
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
610
Shares
रामेछाप। नेपाली कांग्रेसबाट रामेछापको प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)लाई माओबादी प्रभावित क्षेत्रको स्थानीय जनताले ८५ किलोको माला लगाइएर स्वागत गरेका छन्।
चुनावी अभियानको क्रममा उनलाई खाँडादेवी गाउपालिकाको माकादुमा त्यहाँको स्थानीय जनताले ८५ किलोको मालाले स्वागत गरेका हुन् । यस अघि रामेछापको दिमीपोखरीमा उनलाई २१ किलोको माला लगाइएको थियो ।
पूर्वको रोल्पा भनेर चिनिने रामेछापको बेथानको डहुमा पनि नेपाली काँग्रेस रामेछापको प्रतिनिधि सभाको उम्मेदवार कान्छाराम तामाङलाई स्थानीय जनता र स्थानीय माओवादीका नेता कार्यकर्ताहरूले भव्य रूपमा स्वागत गरेका छन् ।
पंचायती व्यवस्था देखिनै कम्युनिष्टहरूको आधार क्षेत्र भनेर चिनिएको बेथानको डहुमा अहिलेसम्म नेपली काँग्रेसले कुनै कार्यक्रम गर्न सकेको थिएन ।
नेपाली काँग्रेस रामेछापको प्रतिनिधि सभाको उम्मेदवार कान्छाराम तामाङलाई बेथान निवासी जनताले स्वागत गरे पछि पुगेको नेकपा माओबादी केन्द्र रामेछापको प्रतिनिधि सभाको उम्मेदवार श्यामकुमार श्रेष्ठ " कुशल" लाई भने स्थानीय जनता र स्थानीय माओवादी नेता कार्यकर्ताहरूले अवरोध गरेका थिए ।
यहि क्षेत्रबाट निर्वाचित माओवादीका निवर्तमान सांसद तथा विनाविभागि राज्यमन्त्री श्यामकुमार श्रेष्ठ " कुशल" दलवल सहित चुनावी अभियानका क्रममा वेथान पुगेका थिए।
श्रेष्ठलाई माओवादीकै कार्यकर्ता र हालै माओवादी छोडेकाहरुले कार्यक्रम गर्न अवरोध पुर्याइरहे । स्थानिय सुमदायले विकास निर्माणको बजेटमा कमिसन खाने श्याम कुमारहरुलाई कार्यक्रम गर्न नदिने अडान दिनभर लिइरहे। यहि कारण सुनापती गाउँपालिकाको बेथानमा माओवादी गठवन्धनका तर्फबाट कार्यक्रम हुन सकेन ।
स्थानीय गुम्वा निर्माणको लागि छुट्याइएको रकममा पनि वदमासी गरेको, सडक विद्यालयको काममा पनि कमिसन खाएर काम नगरेको आरोप लगाएर स्थानियहरुले माओवादी उमेद्वारलाई घेरेका थिए।
निवर्तमान सांसद तथा विनाविभागि राज्यमन्त्री श्यामकुमार श्रेष्ठ " कुशल"लाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटमा पनि कमिशन खाएको, स्थानिय गुम्वाको लागि छुट्याइएको बजेटमा पनि वदमासी गरेको, सडक निर्माण, विद्धालय भवन निर्माणको बजेटमा पनि कमिसन खाएर काम नगरेको आरोप लगाएर स्थानिय जनताले घेरेका थिए।
कान्छाराम तामाङले रामेछापमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवारको टिकट पाउनसाथ पंचायती व्यवस्थामा अफगानीस्तान र माओबादी जनयुद्धको समयमा पूर्वको रोल्पा र माओबादीको आधार क्षेत्र भनेर चिनिएको रामेछापको बेथान, दोरम्बा, खाँडादेवी र हिलेदेबीका माओवादी र एमालेका हजारौं कार्यकर्ताहरू नेपाली काँग्रेशमा प्रवेश गरेका छन् ।
नेकपा एमाले रामेछापको राजनीतिमा प्रभाव राख्ने एमाले निकट युवा संघको केन्द्रिय सदस्य शेरबहादुर तामाङ सहित एमालेका सयौं कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरे पछि रामेछाप एमालेमा पनि निरासा देखा परेको छ ।
४ पटक लगातार पराजित रामेछापको एमाले नेता कैलाश ढुंगेललाई २०७४ मा पनि प्रदेश सभाको टिकट दिएर पठाए पछि नेकपा एमाले रामेछापमा तिब्र असन्तुष्टि देखा परेको छ ।
रामेछापको जनताको निम्ति सिन्को पनि नभाँच्ने तर कमिशन खान माहिर श्याम कुमार श्रेष्ठ" कुशलको बिरोधमा त रामेछाप माओबादीले बिद्रोही उम्मेदवार नै खडा गरेका थिए ।
पंचायती व्यवस्थामा अफगानिस्तान र जनयुद्ध कालमा नेकपा माओबादीको आधार क्षेत्र घोषित गाल्पा पारीबाट नेकपा माओबादी केन्द्र रामेछापको प्रतिनिधि सभा सदस्यको उम्मेदवार श्यामकुमार श्रेष्ठ "कुशल"लाई अत्यन्तै न्यून मत झर्ने दावी स्थानियको दावी छ।