बागलुङ । यही मसिंर १० गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन नजिकिदै जाँदा काँग्रेसका उम्मेदवार पनि मतदाता भेटनका लागि निकै व्यत्त देखिएका छन ।
बागलुङ क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेदवार सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पा देवी खड्का र क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार निर्वतमान सांसद प्रकाश शर्मा पौडेल मंगलबार बरेङ गाउँपालिका वडा नं. ५ सुखौराका जनताहरुसँग भोट माग्दै घरदैलो गरेका छन । घरदैलो कार्यक्रम पश्चातको सभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार राज्यमन्त्री चम्पा देवी खड्काले आफुले जिल्लाको विकासका निम्ती पुर्वाधार निर्माण नै पहिलो प्राथमिकतामा राखेको बताईन । उनले मुलुकमा आर्थिक विकास र निकासका लागि नेपाली काँग्रेसलाई बिजयी गराउनका लागि मतदातहरु सँग आग्रह गरेकी थिईन ।
खड्काले भनीन मेरो श्रीमानको सपना साकार पार्नका लागि म राजनितिमा होमिएकी हुँ जिल्लाको विकास निम्ती अहोरात्र खट्ने छु ।
त्यसै गरी क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार निवर्तमान पार्टि सभापति एवं सांसद प्रकाश शर्मा पौडेलले गल्कोट हुँदै सुखौरासम्मको बाटाको ट्याक खोल्न जुन भुमिका निर्वाह गर्न सके यसको स्तरोन्नतीको लागि पनि त्यत्तीकै भुमिका निर्वाह गर्ने छु भने । उ नले स्थानियलाई देखिएको खानेपानीको समस्यालाई आफुले तत्काल सम्बन्धित निकाय सँग समन्वय गरी पहल गर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल, जिल्ला सदस्य डिलप्रसाद शर्मा,नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाल तरुणदलका जिल्ला अध्यक्ष उमकान्त शर्मा बाबु, सामाजिक व्यक्तित्व लोकबिर दर्जि लगायतले गाउँको विकासका निम्ती नेपाली काँग्रेसलाई जिताउनुपर्ने बताए ।
सो अवसरमा बरेङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष अमर बहादुर शेर्बुवाको संयोजकत्वमा १सय ५ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । त्यस्तै मोहनकुमार थापको संयोजकत्वमा १सय १ युवा परिचालन कमिटि गठन गरिएको धौलागिरी बहुमुखी क्याम्पसका स्ववीयु उपसभापति बालकृष्ण शर्माले बताए ।
कार्यक्रम नेपाली काँग्रेस सुखौराका सभापति झगबहादुर भट्टराईको अध्यक्षता, वडा अध्यक्ष अमर बहादुर शेर्बुजाको स्वागत र जिल्ला सदस्य एवं प्रचार प्रसार संयोजक हरि आचार्यको संचालनमासम्पन्न भएको थियो ।