जस्तालाई त्यस्तै : प्रचण्डलाई विक्रम पाण्डेले दिए यस्तो जवाफ
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
542
Shares
काठमाडौ । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा माओवादी अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धामा उत्रिएका राप्रपा नेता विक्रम पाण्डेले प्रचण्डलाई कडा जवाफ फर्काएका छन् । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पाण्डेले आफूले ठेक्कापट्टा छाडिसकेको भन्दै अब प्रचण्डले चुनाव जित्नको लागि झुटो बोल्न छाड्नुपर्ने बताए ।
उनले चितनवमा प्रचण्डले झुटो आश्वासन बाँड्दै हिँडेको भन्दै आफू उनले भनेजस्तो आकाशको कुरा गर्न नसक्ने भन्दै आफूले ५ वर्षमा गर्नसक्ने आश्वासन मात्रै जनतालाई दिनुपर्ने बताए । उनले प्रचण्डले भनेको ठाउँमा सुरुङ खन्नको लागि असम्भव नै नरहेको भएपनि त्यहाँ सुरुङ खन्न पुग्ने पैसाले पुरै नारायण्ी अञ्चलको विकास गर्न सक्ने बताए ।
उनले प्रचण्डलाई व्यंग्य गर्दै भने राप्तीबाट मैले पीच गराउने काम सुरु गर्दैछु मैले पीच चाहिँ पहिले नै गरिदिन्छु एक वर्ष भित्र, सुरुङको कुरा भने मलाई थाहा भएन उहाँले नै बनाउनु होला । उनको क्षेत्रमा भरतपुर माडी, बीरबल बस्ती र ठोरीका बस्तीहरु पर्दछ । उनले आकाशे भाषण दिनमा प्रचण्डलाई कसैले पनि भेट्न नसक्ने भन्दै विकासमा भने उनले केही गर्न नसक्ने दाबी गरे ।
उनले आफूले धेरै पहिलेदेखि नै ठेक्का छाडिसकेको भन्दै अब आफू राजनीति मार्फत् नै चितवन बासीको सेवामा लाग्ने बताए । प्रचण्डको आश्वासन सिराहा र रोल्पावासीलाई दिएको आश्वासन जस्तै रहेको पनि बताए ।