नेपाली युवा क्रिकेट टोलीबाट को–को जाँदै छन् मलेसिया ?
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
299
Shares
काठमाडौं । १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा सहभागि हुन नेपाली युवा टोली मलेसिया जाँदैछ । बिहीबारदेखि सुरु हुने प्रतियोगितामा सहभागि हुने टोली राति साढे ११ बजेपछि मलेसिया जान लागेको हो ।
नेपाली टोली यसअघि अभ्यासका लागि बंगलादेश पुगेको थियो । एक हप्ता बंगलादेशमा रहँदा नेपालले बंगलादेशको युवा टोलीसँग खेलेका ३ अभ्यास खेल मध्ये सुरुका २ खेलमा पराजय व्यहोरेको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो ।
एसिया कपको समूह ’ए’मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन् । समूह ’बी’मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसिसी पश्चिमल क्षेत्र च्याम्पियनसिपको विजेताले प्रतिस्पर्धा गर्दै छन् । नेपालले पहिलो खेल कात्तिक २५ मा बंगलादेशसँग खेल्दा दोस्रो खेल कात्तिक २६ मा भारतसँग हुनेछ । यस्तै, नेपालको तेस्रो खेल कात्तिक २८ मा मलेसियासँग हुनेछ ।
टोलीमा को–को परे ?
दीपेन्द्रसिंह ऐरी (कप्तान)
सन्दीप लामिछाने
मोहम्मद आसिफ शेख
सन्दीप सुनार
प्रनित थापामगर
अनिलकुमार साह
पवन सर्राफ
रोहितकुमार पौडेल
साहब अलाम
किशोर महतो
प्रकाश केसी
कमलसिंह ऐरी
भीम सार्की
रसिद खान
जितेन्द्र सिंह
वैकल्पिक
सन्दीप जोरा
विक्रमकुमार भुसाल
अंकित सुवेदी
विजय चौधरी मुख्य प्रशिक्षक–विनोदकुमार दास सहायक प्रशिक्षक–कलाम अली ब्याटिङ प्रशिक्षक–मोन्टी देसाई म्यानेजर–रमन सिवाकोटी