निर्वाचन पर्यवेक्षणका लागि इयूले शुरु गर्यो काम, सय जना पर्यवेक्षक खटिने
३५ लाख यूरो खर्चिने
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
185
Shares
काठमाडौं। मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि युरोपियन युनियन इयूले पर्यवेक्षण गर्ने भएको छ। पर्यवेक्षणका लागि इयूले नेपालमा मिसन राखेर काम शुरु गरेको छ।
युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको नेतृत्व क्रोयसियाबाट प्रतिनिधित्व गर्ने युरोपेली संसदको सदस्य जेल्याना जोभ्कोले गरेकी छन्। मिसनमा सय भन्दा वढी पर्यवेक्षकहरु रहेको मिसनले काम शुरु गरेको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
मिसनले निर्वाचन प्रक्रियासँग सम्वन्धित राजनीतिक, निर्वाचन एवं निर्वाचन प्रक्रिया सम्वन्धित कानुनी मुद्धाहरुको विश्लेषण गर्दै यसलाई बन्दोवस्ती तथा सुरक्षा सम्वन्धी विज्ञहरुले सहयोग गर्ने मिसन प्रमुख जेल्यानाले बताइन।
निर्वाचन भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा भएको छकी छैन भन्ने कुरामा पर्यवेक्षका क्रममा मिसनले ध्यान केन्द्रीत गर्ने उनले बताइन।
मिसनको चासो निर्वाचनको वातावरण, भयरहित वातावरणमा मतदानभएको छ की छैन हेर्ने र मतदानपछिको मतगणना प्रक्रिया लगायतमा समेत पर्यवेक्षण गर्नेछ जेल्यानाले बताइन।
सबै किसिमका सञ्चार माध्यममा प्रकाशित समाचारलाई पनि अनुगमनको दायरामा राखेर पर्यवेक्षण गरिने उनको भनाइ छ।
नेपाल सरकारको आग्रह र निर्वाचन आयोगको समन्वयमा आफूहरु पर्यवेक्षणमा रहने उनले बताइन।
३८ जनाको दीर्घकालीन पर्यवेक्षकहरु हाल मिसनमा संलग्न छन्। मतदान पछि मतगणनाको पर्ववेक्षणमा पनि पर्यवेक्षकहरु आउने उनले पत्रकार सम्मेलनमा जानकारी गराइन।
दीर्घकालिन तथा अल्पकालिन पर्यवेक्षकहरुलाई यूरोपेली संसदको सात सदस्यीय प्रतिनिधिमण्डल एवं नेपालमा रहेका यूरोपेली राष्ट्रका कुटनीतिज्ञहरुले साथ दिने बताइएको छ।
पर्यवेक्षकह्यरु अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षकहरुको कठोर आचारसंहिताबट वाधिएका हुने पनि जेल्याना बताइन।
३५ लाख यूरो मिसनमा खर्च हुने मिसन प्रमुख जेल्यानाले जानकारी गराइन।