arrow

मोरङमा मतदानकेन्द्र हेरफेर

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
Morang_District.png

विराटनगर । मोरङको केही मतदान केन्द्रको स्थान हेरफेर गरिएको छ । 

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले मतदाताको पहुँच, सुविधा र संख्यालाई ध्यानमा राखी विराटनगर १०स्थित संसारीमाई स्थानमा रहेको सातवटा मतदान केन्द्रमध्ये तीनवटा मतदान केन्द्रलाई कोशी विद्या मन्दिरमा सार्ने निर्णय गरेको हो । 

त्यस्तै विराटनगर ६ स्थित शिक्षा सदन सरोचियामा रहेको १० वटा मतदान केन्द्रमध्ये चारवटालाई नजिकमा रहेको मणितारा बोडिङ स्कूलमा सार्ने सहमति भएको छ । 

बूढीगंगा गाउँपालिका २ स्थित हेल्थ पोष्टको नयाँ भवनमा कायम रहेको तीनवटै मतदान केन्द्रलाई नजिककै लीलाभक्त श्रेष्ठ प्राथमिक विद्यालयमा सार्ने निर्णय गरिएको छ । 

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले राजनीतिक दल र उम्मेदवारका साथै आचारसंहिता पालना गर्न दायित्व बोकेका व्यक्तिले पूर्णरूपमा आचारसंहिता पालना नगरिएमा कडा कारबाही हुने बैठकमा चेतावनी दिए । 

सर्वदलीय बैठकमा निर्वाचन अधिकृत, निर्वाचन आयोगका साथै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि र उम्मेदवार गरी ५५ जनाको सहभागिता थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ