arrow

रमेश लेखक भन्छन् –आसन्न निर्वाचन लोकतन्त्र कि कम्युनिस्ट शासन भन्ने जनमत संग्रह जस्तै हो

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
ramesh-lekhak.jpg

पुनर्वास । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भनेको लोकतन्त्र कि निरंकुश कम्युनिस्ट शासन भन्ने जनमत संग्रह जस्तै भएको बताएका छन् । 

सोमबार कञ्चनपुरस्थित दक्षिणी भेगको पुनर्वासमा आयोजित कार्यक्रममा बोल्दै नेता लेखकले कसलाई जिताउने भन्ने कुराको निर्णय जनताले गर्ने बताए । 

बाम गठबन्धनका विरुद्ध चुनावमा होमिएको काँग्रेसले कञ्चनपुरको पुनर्वासमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता लेखकले भने ‘बिगतमा माओवादीले हतियारको बलमा सत्ता कब्जा गर्न १७ हजार नेपालीको गरे । यदि काँग्रेस नहुँदो हो वा कमजोर हुँदो हो त लोकतन्त्र जिवित रहने थिएन ।’

उनले भने, ‘काँग्रेसले देशमा द्वन्दरत माओवादीलाई शान्ति प्रक्रियामा ल्यायो, संविधान ल्यायो र अब पालो कार्यान्वयनको रहेको छ ।’

काँग्रेस नेता लेखकले भने ‘माओवादी र एमाले गठबन्धन भनेको देशमा कम्युनिस्ट शासन लाद्नका लागि मात्रै भएको हो ।’

काँग्रेसलाई जिताउन जिल्लाका सबै पुराना नेता कार्यकर्ता र उम्मेदवारहरु एकजुट भएर लागेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ