कञ्चनपुर । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनलाई पछार्दै पार्टीका उम्मेदवार बिजयी गराउन नेपाली काँग्रेसले कञ्चनपुरमा चुनावी अभियान दरिलो बनाउने घोषणा गरेको छ ।
सोमबार जिल्लाको दक्षिणी भेगका छुट्टाछुट्टै ३ स्थानमा कार्यक्रमको आयोजना गर्दै केन्द्रिय नेता सम्मीलित काँग्रेस कञ्चनपुरले बाम गठबन्धनलाई परास्त पार्दै आफ्ना उम्मेदवारलाई जिताउने उद्घोष गरेको हो ।
लामो समय पश्चात् एकै मञ्चमा नेपाली काँग्रेसका केन्द्रिय नेता द्वय एनपी साँवद र रमेश लेखक देखिए पछि दक्षिणी भेगका काँग्रेस कार्यकर्ता उत्साहित देखिएका हुन ।
नेपाली काँग्रेस जिल्ला कार्य समिती कञ्चनपुर द्वारा बेल्डाँडी,बेलौरी र पुनर्वासमा आयोजित कार्यकर्ता भेलामा केन्द्रिय नेता साँवद र लेखकले सम्बोधन गर्दै कार्यकर्तालाई निर्देशन दिएका थिए ।
काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद जोशीको अध्यक्षतामा सप्पन्न कार्यक्रमको स्वागत कोषाध्यक्ष शंकरबहादुर चन्द र सञ्चालन सचिब दिवाकर पाण्डेयले गरेका थिए ।