arrow

यस्तो छ जाजरकोटमा शक्तिबहादुर बस्नेतलाई राजिवविक्रम शाहले जित्ने आधार

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ कार्तिक २० सोमबार
rajib_2.jpg

रुकुम।विस्तारै चिसो मौसम सुरु भएपनि आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले गर्दा यतिबेला जाजरकोटको माहोल भने निकै तातिएको छ । प्रतिनिधि सभाको लागि एक क्षेत्र र प्रदेश सभाको लागि २ निर्वाचन क्षेत्र रहेको जाजरकोटमा यस पटकको निर्वाच निकै रोचक हुने देखिएको छ । यति बेला जाजरकोटमा प्रतिनिधि सभाको लागि नेपाली काँग्रेसको तर्फबाट निवर्तमान सांसद राजीवविक्रम शाह र बाम गठबन्धनको तर्फबाट पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतबीच चुनावि प्रतिस्पर्धा हुँदैछ ।

विपन्नलाई विभिन्न समयमा सहयोग गरेर तथा गाउँमा केहि विपद् हुन वित्तिकै आफै गाउँमा पुगेर सर्वसाधारणलाई सहयोग गरेपछि निकै चर्चा कमाएका शाह र राजनीतिक हिसाबले राष्ट्रिय छवि बनाएका पूर्व गृहमन्त्री बस्नेत मध्ये एक जना अब बन्ने प्रतिनिधि सभामा भाग लिन पाउने छैनन् । यो भन्दा पहिले भएको दोस्रो संविधानसभाको निर्वाचनमा जाजरकोट साविक निर्वाचन क्षेत्र नम्बर १ बाट बस्नेत र  क्षेत्र नम्बर २ बाट शाह निर्वाचित भएर संविधान सभा तथा संसदमा एकै ठाउँमा बसेर काम गरेका थिए । अहिले एउटा मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा दुवै नेताहरु आफुले नै निर्वाचनमा जित्ने दावि गर्दै आएका छन् । तर यहाँका बुद्धिजिविहरुले यस भने पटकको निर्वाचन बस्नेतलाई भन्दा पनि शाहको लागि सहज बन्दै गएको बताउने गरेका छन् ।

शाह  विपत्मा परेका जाजरकोटी जनताका लागि गरेको सहयोगका कारण उनलाई चुनाव जित्न सहजन हुने उनिहरुको भनाई छ । यसका साथै एमालेका निरज आचार्यलाई पार्टीले जबरजस्ती ब्याक गर्नु र एमालेका कार्यकर्ताले माओवादी केन्द्रको चुनाव चिह्नमा भोट नहाल्न सक्ने भएकाले शाहलाई सहज हुने बुद्धिजिविहरुको अनुमाण गरेका छ । द्धन्द्धको समयमा माओवादीबाट एमालेका धेरै नेता कार्यकर्ताहरुले दुःख पाएका कारण पनि उनिहरुले माओवादीलाई भोट हाल्नसक्ने अवस्था निकै कम रहेको बताइन्छ ।

यसका साथै शाहले विदेशी डाक्टरहरुको सहभागीता गराएर बेला बेलामा जाजरकोटका गाउँमा स्वास्थ्य शिविर सञ्चाल गरेर सेवा प्रदान गरेका छन् । भने युवाहरुको रोजगारीको लागी नेपाली सेनाको हेडक्वाटरसँग समन्वय गरेर सेनाको भर्ति सेन्टरको सुरुवात गरेको बताएको छ । अरु दलहरु पदको लागि गठबन्धन गरेको भएपनि आफु जाजरकोटी जनताको सेवाको लागि यहाँका जनतासँग गठबन्धन गरेको शाहको भनाई छ । “म समाज सेवा गर्दै थिए नचाहादा नचाहादै परिस्थितिले मलाई राजनीतिमा होमिनु पर्ने भयो शाहले भने, यसकारण पनि मलाई जाजरकोटी जनताले बिजयी गरानुहुन्छ ।”

 
शाहले चुनाव जित्नसक्ने आधारहरु
१) विपतमा गरेको सहयोग

जाजरकोटमा २०६६ सालमा फैलिएको झाडापखाला र २०७२ सालमा फैलिएको स्वाइनफ्लुको समयमा औषाधि सहित काठमाडौंबाट आफ्नै खर्चमा हेलिकप्टरमा विशेषज्ञ सहित डाक्टरहरुको टोली ल्याएर आफै गाउँ गाउँमा पुगेर सर्वसाधारणको उपचार गरेकोका थिए ।  उनले २०७१ मंसिर र २०७३ फागुनमा भएको बस दुर्घटनामा घाइते भएकाहरुलाई आफ्नै खर्चमा हेलिकप्टरमा लिएर नेपालगञ्ज लगायतका ठाउँमा उपचार गरेको कारणले लोकप्रिय बन्दै गएको  छ।

२) एमालेका कार्यकर्ताहरुको सहयोग
यसअघि कांग्रेस–एमाले–माओवादीबीच प्रतिस्पर्धा हुँदै आएको जाजरकोटमा अहिले  वाम गठबन्धन गठनसँगै सूर्य चिह्नमा भोट हाल्न नपाइने भएपछि एमाले समर्थक सबैले गोलाकारभित्रको हँसियाहथौडा चिह्नमै भोट हाल्छन भनेर ढुक्क हुने अवस्था नभएको एमालेका एक नेताले बताए । उनका अनुसार उम्मेदवारी दिएका एमाले नेता आचार्यबाट अन्तिम अवस्थामा टिकट खोसिएका कारण पनि कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

३) लामो समयदेखी रोकीएका विकास निर्माणको पुर्णता
निर्माण कार्य सुरु भएको लामो समयसम्म पनि पुरा हुन नसकेका धेरै योजनाहरुले शाहकै कारण पूर्णता पाएको स्थानीयहरुको भनाई रहेको छ । वर्ष पहिलेबाट निर्माण कार्य सुरु भएको राकम मोटरेबल पुल उनकी पहलमा निर्माण कार्य पुरा भएर अहिले सञ्चालन हुन सुरु भएपछि यात्रुहरुलाई सहजा भएको छ । भने गाउँमा निर्माण कार्य पुरा हुन नसकेका खानेपानी, सडक निर्माणको कार्य पुरा भएको ।,

४) संसद विकास कोषको रकम सहि सदुपयोग
शाह सांसद भएपछि आएको सांसद विकास कोषको रकम सहि सदुपयोग भएको स्थानीयहरुको भनाई छ । शाहले सांसद विसका कोषको रकमबाट साविकको आफ्नो निर्वाचन क्षेत्र २ मा रहेका गाविस मध्ये अहिलेसम्म साविकका १५ वटा गाविसमा सडक सञ्जाल पुर्‍याएको बताएको छ । यसका साथै उनले गाउँ गाउँमा खानेपानीका साना साना योजनाहरु पनि निर्माण गरेका छन् ।  विद्यालयहरुमा मर्मत संभारका साथै भौतिक पूर्वाधारको काम पनि गरेका छन् ।

५) आफ्नै लगानीमा अस्पताल निर्माण
गाउँमा राम्रो स्वास्थ्य संस्था नहुँदा बेला बेलामा जाजरकोटी जनताले धेरै दुःख पाएको भन्दै सांसद शाहले व्यक्तिगत ५ करोड रुपैयाँको लगानीमा कुमारी ट्रस्ट मार्फत २५ शैयाको अस्पताल निर्माण गर्न सुरु गरेका छ । छेडागाड नगरपालिका ५ थलबजारमा निर्माण हुन लागको अस्पतालबाट जाजरकोटी जनताले सेवा लिन सहजा हुने उनको विश्वास छ । यो अस्पताल निर्माण भएमा जटिल प्रकारका अप्रेशन देखी सामान्य रोगको उपचार सेवा पाउने विश्वास  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ