काँग्रेस उम्मेदवारको सामुहिक प्रतिबद्धता : बिराटनगर एक नम्बर प्रदेशको राजधानी
कुमोद अधिकारी,
प्रकाशित २०७४ कार्तिक २० सोमबार
592
Shares
बिराटनगर । मोरंङमा नेपाली काँग्रेस पार्टीका उम्मेदवारहरुले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने सामुहिक प्रतिबद्धता व्यक्त्त गरेका छन् । प्रेस युनियन मोरंङले सोमबार बिराटनगरमा अयोजना गरेको उम्मेदवारहरुको परिचय र प्रतिबद्धता कार्यक्रममा मोरंङमा काँग्रेसबाट प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनेका सबैले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने सामुहिक प्रतिबद्धता व्यक्त्त गरेका हुन ।
कार्यक्रममा काग्रेसका तर्फवाट उम्मेदवार नेका उनीहरुले बिराटनगरलाई राजधानी बनाउन तीब्र रुपमा भौतिक पुर्बाधार निर्माणमा लागिपर्ने समेत वताए । मोरंङ ४ नम्बर क्षेत्रमा प्रतिनिधि सभाको उम्मेदवार बनेका महेश आर्चायले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउन सबै उम्मेदवारहरु एकमत भएको जानकारी गराए ।
आर्चायले बिराटनगरलाई मेडिकल सिटी बनाउने र बिमानस्थलको स्तरोन्नती गरेर अन्तराष्ट्रिय स्तरको बनाउने र जोगबनी किमाथांका सडकलाई सुचारु गर्ने सबै उम्मेदवारहरुलको मुख्य एजेण्डा भएको बताए ।परिचय कार्यक्रममा प्रतिनिधि सभामा उठेका सबै क्षेत्रका उम्मेदवारहरुले आ-आफ्ना चुनावी एजेण्डा सुनाउदै प्रतिबद्धता व्यक्त्त गरेका थिए ।
कार्यक्राममा मोरंङ २ नम्बर क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार डा मिनेन्द्र रिजाल ,४ नम्बर क्षेत्रका उम्मेदबर महेश आर्चाय, ३ नम्बर क्षेत्रका उम्मेदरवार सुनिल शर्माले आफना क्षेत्रमा विकासको वाढी ल्याउने दावी गरेका थिए । यसैगरी क्षेत्र न १ का नेपाली कांग्रेसका उमेदवार डिकवहादुर लिम्वुले उत्तरी मोरङको समग्र विकासका नै निर्वाचनको मुख्य एजेण्डा रहेको वताए ।