arrow

धनुषामा रोचक भिडन्तः निधि र महतोदेखि को को भेट्रानबीच भिडन्त ? 

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
nidhi1.jpg

महेन्द्रनगर । अगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि धनुषामा विभिन्न दलका नेता र स्वतन्त्र उम्मेदवारले शान्तिपूर्णरुपमा मनोनयन दर्ता गराएका छन् । 

चार निर्वाचन क्षेत्र रहेको धनुषामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन, संघीय समाजवादी फोरम, राजपा नेपाल, नयाँ शक्ति पार्टी नेपाल, राप्रपा नेपाल एवं स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं १ मा काँग्रेसबाट निवर्तमान सांसद आनन्दप्रसाद ढुंगाना, वाम गठबन्धनबाट माआवादी केन्द्रका नेता मातृकाप्रसाद यादव र संघीय समाजवादी फोरमबाट दीपक कार्कीले मनोनयन दर्ता गराएका छन् ।  

यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा काँग्रेसबाट निर्वतमान सांसद प्रेमकिशोर साह र ‘ख’ बाट रामउदय यादवले मनोनयन दर्ता गराएका छन् । 

वाम गठबन्धनबाट क्षेत्र नं १ को (क) मा एमालेका किशोरी महतो र ‘ख’ मा माओवादी केन्द्रका रामचन्द्र मण्डलले मनोनयन दर्ता गराएका छन् । 

यसैगरी संघीय समाजवादी फोरम नेपालबाट क्षेत्र नं १ को (क) मा श्यामनारायण यादव र ‘ख’ मा राजपाबाट संजय सिंहले मनोनयन दर्ता गराएका छन् ।  

प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं २ बाट काँग्रेसका निवर्तमान सांसद तथा कृषिमन्त्री रामकृष्ण यादव र वाम गठबन्धनबाट माओवादी केन्द्रका रामचन्द्र झा तथा संघीय समाजवादी फोरमबाट उमाशंकर अरगडियाले मनोनयन दर्ता गराएका छन् ।  

प्रदेशसभातर्फ क्षेत्र नं २ को (क) मा कांँग्रेसबाट राजा गोइत र (ख) मा भुपनारायण यादव, वाम गठबन्धनबाट (क) मा माओवादी केन्द्रका नवल साह र (ख) मा एमालेबाट रामचन्द्र मण्डल तथा संघीय समाजवादी फोरमबाट (क) मा शैलेन्द्र यादव र (ख) मा रामअशिष यादवले मनोनयन दर्ता गराएका हुन् ।  

यसैगरी प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं ३ बाट काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि, राष्ट्रिय जनता पार्टी नेपालबाट अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र वाम गठबन्धनबाट माओवादी केन्द्रका रामसिंह यादवले मनोनयन दर्ता गराएका छन् । 

प्रदेशसभातर्फ क्षेत्र नं ३ को (क) मा काँग्रेसबाट रामसरोज यादव, (ख) मा श्यामप्रसाद साह, वाम गठबन्धनबाट (क) मा एमालेका दीपेन्द्र यादव र (ख) मा कामेश्वर महतो तथा (क) मा राजपाका कविन्द्र ठाकुर र (ख) मा प्रमेश्वर साहले मनोनयन दर्ता गराएका छन् ।  । 

त्यस्तै प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं ४ बाट काँग्रेसका निवर्तमान सांसद एंव खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव, वाम गठबन्धनबाट एमालेका नेता रघुवीर महासेठ र फोरमबाट महाजन यादवले मनोनयन दिएका छन् ।  

प्रदेशसभातर्फ क्षेत्र नं ४ को (क) मा काँग्रेसका चन्द्रमोहन यादव र ‘ख’ मा बासलाल महतो, गठबन्धनबाट (क) मा एमालेका बाबुसाहेव यादव र (ख) मा शत्रुधन महतोले मनोनयन दर्ता गराएका छन् । 

त्यस्तै संघीय फोरमबाट (क) मा ज्ञानेन्द्र यादव र (क) मा राजपाबाट राजकिशोर महतोले मनोनयन दर्ता गराएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ