arrow

तनहुँमा गोविन्दराज जोशीले कार्यकर्ता खिचे

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
govinda-raj-joshi1.jpg

तनहुँ । तनहुँमा काँग्रेसका लागि उम्मेदवारी दर्ता अनपेक्षित भएको छ । आश्चर्य त के भने पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारको जुलुश फितलो देखियो ।

आधिकारिक उम्मेदवारको जुलुश तेस्रो भयो । तनहुँ १ मा पार्टीको आधिकारिक उम्मेदवारी दिएका रामचन्द्र पौडेल भन्दा बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीले उम्मेदवारी दर्ताकै दिन चुनौती दिए ।

सबैभन्दा ठूलो जुलुश जोशीकै रहेको जिल्ला सहकर्मीले बताएका छन् । जोशीको जुलुसमा सयौं कार्यकर्ता थिए । उनीपछि वाम गठबन्धनले शक्ति प्रदर्शन गर्न सक्यो ।

काँग्रेसका आधिकारिक उम्मेदवारहरुले कार्यकर्ता उतार्न सकेनन् । जानकारहरुले भनेका छन्, ‘स्थानीय तहको चुनाव जस्तै यो पटक पनि टिकट वितरणमा समस्या भएकै हो । नभए यस्तो अवस्था आउँदैन । तनहुँमा भएको गडबडी गम्भीर छ ।’ केही न केही कमजोरी भएको छ ।  

तनहुँ क्षेत्र नम्बर–१ मा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराए । यही क्षेत्रमा काँग्रेस नेता गोविन्दराज जोशीले समेत उम्मेदवारी दर्ता गराएका छन् । उनले सबै भन्दा पहिले शक्ति प्रदर्शन सहित उम्मेदवारी दिए ।

आफु गाउँ पुग्नेवित्तिकै चुनाव जितेको जस्तो महसुस हुने बताउँदै आएको बरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नै पार्टीबाट चुनौती आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ