arrow

कपिवस्तुमा उत्साह जनक मनोनयन दर्ता

logo
मणि प्रसाद गैह्रे, 
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
deepkumar_upadhyaya.jpg

कपिलवस्तु । प्रतिनिधी सभा तथा प्रदेश सभाको लागि मसिंर २१ गते हुने निर्वाचतनको लागि कपिलवस्तुमा उत्साहपुर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ । ३ प्रतिनिधी क्षेत्र र ६ प्रदेश सभाको लागि बाम गठबन्धन, नेपाली काँग्रेस, राजपा संघीय समाजवादी पार्टी, राप्रपा, जनमोर्चा लगायतका दल र केही स्वतन्त्र व्याक्तिको तर्फबाट उम्मेदवारी दर्ता सदरमुकाम तौलिहवामा सम्पन्न भएको हो । 

नेपाली काँगे्रसको तर्फबाट क्षेत्र नं १ मा पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्व राजदुत दीपकुमार उपाध्याय, क्षेत्र नं २ मा पूर्वमन्त्री एवं पार्टी सभापति सुरेन्द्रराज आर्चाय र क्षेत्र नं ३ बाट पुर्व सांसद अभिषेक प्रताव शाहले उम्मेदवारी दर्ता गराए । त्यस्तै वाम गठबन्धनबाट क्षेत्र नं १ मा चक्रपाणी खनाल, क्षेत्र नं २ मा सुर्य चुनाव चिन्ह लिएर पूर्व मन्त्री वृजेश कुमार गुप्ता र क्षेत्र नं ३ मा सुर्य चुनाव चिन्ह लिएर एमालेकै तर्फवाट पूर्व मन्त्री इश्वरदयाल मिश्राले उम्मेदवारी दर्ता गराएका छन् ।  

त्यस्तै, संघीय समाजवादी फोरमबाट क्षेत्र नं १ मा अब्दुल रसिद २ मा राम नेवास यादव ३ मा मंगल प्रसाद गुप्ताले मनोनय दर्ता गराएका छन् ।  प्रतिनिधि सभाको सदस्यमा कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ शक्ति नेपालको तर्फबाट दानबहादुर चौधरीले आफ्नो उम्मेदवारी दिएका छन ।

आउँदो मंसिर २१ गते दोस्रो चरणमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि कपिलबस्तुमा उम्मेदवारी मनोनयन दर्ता कार्य सकिएको छ । उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् । कपिलबस्तुमा यो निर्वाचनलाई निकै रोचक र अड्कलबाजका रुपमा हेरिएको छ ।

वाम गठवन्धन र नेपाली कांग्रेसबिच तिब्र प्रस्तिपर्धा रहेको भनिएको क्षेत्र नम्बर १ लाई विशेष चासोको रुपमा हेरिएको छ । यहाँ पूर्वराजदुत उपाध्याय र माओवादी लडाकुका पुर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल (बलदेव)बीच प्रतिस्पर्धा रहेको छ । २०७० सालमा भएको संबिधानसभाको निर्वाचनमा यी दुई हस्तीबीच भीडन्त भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ