arrow

महन्थ ठाकुरविरुद्ध आफ्नै पार्टीबाट बागी उम्मेदवारी, स्वतन्त्रबाट जितेका झा पर्दैछन् भारी

जलेश्वरमा ‘बाहिरिया उम्मेदवार भगाउँ’ काे नारा

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
mahantha_thakur.JPG

महोत्तरी । राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध आफ्नै पार्टीबाट बागी उम्मेदवारी परेको छ ।

महोत्तरी क्षेत्र नम्बर ३ बाट चुनाव लड्न लागेको ठाकुरविरुद्ध राजपाकै नेता एवं निवर्तमान सांसद चन्द्रेश्वर झाले उम्मेदवारी हालेका हुन् ।

२०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका झाले फेरि पनि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

झा केही महिनाअघिमात्र राजपा प्रवेश गरेका थिए । राजपा प्रवेश गरेर उनले महोत्तरीमा स्थानीय तहको चुनावमा राजपालपाई जिताउन सघाए । यद्यपि, टिकट वितरण गर्दा काखा र पाखा गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसअघि स्वतन्त्र उम्मेदवार बनेर जितेका झाले उम्मेदवारी दिएकाले राजपाको अध्यक्ष मण्डलको संयोजक रहेका ठाकुर समस्यामा परेका छन् ।

महात्तरी सदरमुकाम जलेश्वर लगायतका क्षेत्रमा ठाकुरतर्फ संकेत गर्दै ‘बाहिरिया उम्मेदवार भगाउँ’भन्ने नारा लेखिएका व्यानर टाँगिएका छन् ।

सर्लाही ६ बाट दुई पराजय व्यहोरेका ठाकुरले यो पटक निर्वाचन क्षेत्र फेरेका हुन् । उनीविरुद्ध महोत्तरीमा नाराबाजी हुन थालिसकेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ