arrow

ओलीको क्षेत्रमा दलहरुलाई उम्मेदवारीको छुट्टाछुट्टै समय, ओलीलाई २ बजेपछि मात्रै

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
KP-oli-naya-news.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको क्षेत्रमा मनोनयनमा आएका दलहरुलाई छुट्टाछुट्टै समय दिएर उम्मेदवारीको निवेदन माग गरेको छ । मनोनयनलाई व्यवस्थित गर्नको लागि विभिन्न दलहरुलाई भिन्दाभिन्दै समय दिएर मनोनयनको लागि आग्रह गरिएको निर्वाचन अधिकारी शकुन्तला कार्कीले जानकारी दिईन् । 

उनका अनुसार अहिलेसम्म कूल ६ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । अहिलेसम्म ठूला दलका उम्मेदवारहरुले भने उम्मेदवारी दिएका छैनन् । सो समय अनुसार पहिले १० बजेदेखि ११ बजेसम्मको लागि राप्रपा र गठबन्धनको लागि उम्मेदवारी दिन समय दिईएको थियो । त्यसपछि राजपा र गठबन्धन भनेर ११ देखि साढे १२ बजेसम्मको समय दिईएको तियो । 

तेस्रोमा काँग्रेस र गठबन्धन भनेर साढे १२ बजेदेखि २ बजेसम्मको समय दिईएको थियो । त्यसपछि बाम गठबन्धनको लागि २ बजेदेखि ४ बजेसम्मको समय दिईएको छ । बाँकी रहेको १ घण्टामा बाँकी छुटेका दलहरुको लागि समय दिईएको बताईएको छ । यद्यपि तोकिएको समयभन्दा अघिपछि आएका दलहरुको पनि उम्मेदवारी भने दर्ता गरिने कार्कीले जानकारी दिईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ