arrow

प्रकाशमानसँग चुनाव लड्न ११ बजेसम्म ३ जनाको उम्मेदवारी

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
prakashman-singh.jpg.jpeg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको दोस्रो चरणमा हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं १ मा ४ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधि सभा तर्फका ३ जना र प्रदेश सभा तर्फका १ गरी ४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकारी रमेशराज पोखरेलले जानकारी दिए । 

उनका अनुसार प्रतिनिधि सभामा पार्टी तर्फ जनमोर्चा राष्ट्रिय, स्वतन्त्र तर्फ अशोक उप्रेती र जन प्रजातान्त्रिक पार्टीले प्रतिनिधि सभा तर्फ उम्मेदवारी दिएका छन् भने प्रदेश तर्फ प्रदेश सभाको ख मा कृष्ण खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

आयोगले बिहीबारको लागि प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष तर्फको मनोनयन गर्नको लागि कार्यतालिका तोकेको थियो । सोही अनुसार विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारीको समय तोकेको निर्वाचन आयोगले जनाएको छ ।   


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ