-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कास्की। नेपाली काँग्रेसले कास्कीका उमेद्वारको पनि टुङगो लगाएको छ।
काँग्रेसले कास्कीको क्षेत्र नं १ प्रतिनिधा सभामा यज्ञ बहादुर थापालाई उमेद्वार बनाएको छ। थापा वहालवाला कानुन मन्त्री हुन्।
प्रदेशतर्फ क्षेत्र नम्वर १को क मा जिबन परियारलाई उमेद्वार बनाएको छ। क्षेत्र नम्वर ख मा कृष्ण बहादुर के सी उमेद्वार भएका छन्।
प्रतिनिधी सभाको क्षेत्र नम्बर २ मा देबराज चालिसे उमेद्वार हुँदा प्रदेशको क मा गुरू बराल र ख मा बिन्दु थापा भएका छन्।
प्रतिनिधि सभा ३ मा शुक्रराज शर्मा उमेद्वार बन्दा प्रदेश सभाको क मा शारदा पौडेल र ख मा भोज ब गुरूड़ग (सिकन्दर) उमेद्वार भएका छन्।