संघीय समाजवादीका अध्यक्ष काँग्रेसमा प्रवेश, पाए टिकट
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
429
Shares
इलाम। संघीय समाजवादी फोरम नेपाल इलामका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य देवेन्द्र राई काँग्रेसमा प्रवेश गरेका छन्।
राईले काँग्रेस प्रवेश गरेसँगै काँग्रेसबाट इलाम क्षेत्र नं १ को (क) बाट उम्मेदवार बन्ने अवसर पाएका छन्। यस क्षेत्रमा काँग्रेसका थुप्रै आकांक्षी रहे पनि राईलाई नै उम्मेदवारको सूचीमा पारिएको छ ।
यसैगरि प्रतिनिधि सभा सदस्यका लागि काँग्रेसले क्षेत्र नं १ बाट भूपेन्द्र कट्टेल र क्षेत्र नं २ बाट पूर्वसांसद केशव थापा चुनावी मैदानमा उतारेको छ ।
प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ को (क) मा देवेन्द्रकुमार राई र १ को (ख) मा दुर्गा बराल उम्मेदवार बनेका छन्।
यस्तै क्षेत्र नं २ को (१) मा डम्बर खड्का र क्षेत्र नं २ को (२) मा खगेन्द्र देवान उम्मेदवार भएका छन्।