arrow

संघीय समाजवादीका अध्यक्ष काँग्रेसमा प्रवेश, पाए टिकट 

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
congress-flag3.jpg

इलाम। संघीय समाजवादी फोरम नेपाल इलामका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य देवेन्द्र राई काँग्रेसमा प्रवेश गरेका छन्। 

राईले काँग्रेस प्रवेश गरेसँगै काँग्रेसबाट इलाम क्षेत्र नं १ को (क) बाट उम्मेदवार बन्ने अवसर पाएका छन्। यस क्षेत्रमा काँग्रेसका थुप्रै आकांक्षी रहे पनि राईलाई नै उम्मेदवारको सूचीमा पारिएको छ । 

यसैगरि प्रतिनिधि सभा सदस्यका लागि काँग्रेसले  क्षेत्र नं १ बाट भूपेन्द्र कट्टेल र क्षेत्र नं २ बाट पूर्वसांसद केशव थापा चुनावी मैदानमा उतारेको छ । 

प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ को (क) मा देवेन्द्रकुमार राई र १ को (ख) मा दुर्गा बराल उम्मेदवार बनेका छन्।  

यस्तै क्षेत्र नं २ को (१) मा डम्बर खड्का र क्षेत्र नं २ को (२) मा खगेन्द्र देवान उम्मेदवार भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ