arrow

काँग्रेसले उदयपुरमा केन्द्र र प्रदेशको उम्मेदवार टुङ्ग्यायो

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
congress-flag3.jpg

काठमाडौं । नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि उदयपुर जिल्लामा उम्मेदवारी दिने उम्मेदवारहरुको नाम टुङ्ग्याएको छ । बिहीबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेकोमा बुधबार काँग्रेसले उदयपुरको उम्मेदवार टुंगो लगाएको हो । 

जस अन्तर्गत् उदयपुरको क्षेत्र नं १ मा नारायण खड्का र क्षेत्र नं २ मा नारायण कार्कीले उम्मेदवारी दिने भएका छन् । त्यस्तै, प्रदेशतर्फ भने क्षेत्र नम्बर १ को क मा विदुर बस्नेत र ख मा हिमाल कार्कीको नाम सिफारिस गरेको छ । 

त्यस्तै, प्रदेश तर्फ नै क्षेत्र नं २ को क मा भेषराज थापा मगर र ख मा रामकुमार खत्रीको नाम सिफारिस गरिएको छ । काँग्रेसले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयनको लागि बैठक बसिरहेको र बाँकी जिल्लाको पनि उम्मेदवार छिट्टै टुंगोमा पुर्याउने काँग्रेसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ