arrow

बाम गठबन्धनको निर्णय विरुद्ध सप्तरीका एमाले अध्यक्ष सहितको टोली आमरण अनसनमा

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
CPN-UML-Flag.jpg.jpeg

काठमाडौं । बाम गठबन्धनको निर्णय विरुद्ध सप्तरीको राजविराजमा एमालेका नेताहरु आमरण अनसनमा बसेका छन् । गठबन्धनले सप्तरीको क्षेत्र नम्बर १ र २ माओवादीलाई दिने निर्णय गरेसँगै आफ्नो पकड क्षेत्र अरुलाई दिने निर्णय विरुद्ध आफूहरु अनसनमा बसेको एमाले नेता अखिलेश झाले जानकारी दिए । 

उनले आफूहरुको पकड क्षेत्र अरुलाई जिम्मा लगाएर कमजोर क्षेत्र आफूलाई दिएकोले पार्टीको लागि आमरण अनुसन बसेको प्रतिक्रिया दिए । बिहिबार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिने कार्यतालिका निर्वाचन आयोगले जारी गरेको छ । 

यसरी अनुसन बस्नेमा एमाले जिल्ला अध्यक्ष दुर्गा नन्द ठाकुर, अखिलेस झा, सलिम र्‍यान मियाँ र अनेरास्वयू जिल्ला अध्यक्ष ललित रजक रहेको झाले  जानकारी दिए । उनीहरु अहिले पनि एमाले जिल्ला पार्टी कार्यालय अगाडि आमरण अनसनमा छन्।

पार्टीले वाम गठबन्धनका नाममा जिल्लामा राम्रो छवि र पहिचान भएका नेतालार्इ टिकट नदिएर माओवादी नेतालार्इ टिकट दिएकाले अनसन सुरु उनीहरुले गरेको जनाएका छन् । उनीहरुले पार्टीले निर्णय सच्याएर जिल्लाबाट सिफारिस गरिएका पार्टी स्थायी कमिटि सदस्य सुमनराज प्याकुरेललार्इ सुप्तरी क्षेत्र नम्बर एकमा टिकट दिनुपर्ने माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ