मन्त्री खड्काको अनुरोध – यसकारण जिताउनुस् काँग्रेसलाई
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
111
Shares
बागलुङ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ को प्रतिनिधि सभाका उम्मेदवार तथा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले अहिलेको परिवेशमा देशमा आर्थिक समृद्धि र विकासका निम्ती नेपाली काँग्रेसलाई बिजयी गराउनुपर्ने बताएकी छिन् ।
काँग्रेसको चुनावी अभियान तथा घरदैलो कार्यक्रम अन्र्तगत जैमिनी नगरपालिका ७ छिस्तीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दे उनले आफ्ना श्रीमान् स्वगीय हरि खड्काले बागलुङको विकासका लागि देखेको सपना पुरा गर्नका निम्ती आफु राजनितिमा होमिएको बताईन् ।
उनले भनिन् – जिल्लाको विकासका निम्ती कसरी कुन स्थानमा गएर बजेट व्यवस्थापन गर्नु पर्छ भन्ने कुरा मलाई सबै थाहा छ, चुनाव जिते पनि हारे पनि जनताको सेवमा अनवरत रुपमा लाग्ने छु ।
जिल्लाका विकास निर्माणमा अहिले सम्म कम्युुनिष्टहरुले केही गर्न नसकेको भन्दै आगामी दिनमा पनि जनतालाई काँग्रेसको नै खाँचो रहेको बताईन् ।
त्यसैगरी क्षेत्र नं. १ (२) को प्रदेश सभाका उम्मेदवार काँग्रेस बागलुङका निवर्तमान पार्टी सभापति एवं निवर्तमान सांसद प्रकाश शर्मा पौडेलले जिल्लाको छिस्ती जस्तो ठाँउमा अहिले नेपालकै गौरबको आयोजना जोडिएको छ बाँकी गाउँतिर लैजाने शाखा बाटोमा अहिलेसम्म गरेका काम र बाँकी काम पनि पुरा गर्नका लागि आफु तयार रहेको बताए ।
उनले चुनावको बेला मिल्ने बामपन्थिहरु सबै अवसरबादी भएको र यिनिहरुले जनताको पिर बेथा भन्दानी आफ्नो दुनो सोझाउन हिंडेको आरोप लगाए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेल, नेपाल विद्यार्थी संघका उपाध्यक्ष डिल्लीराम सुवेदी, महासमिति सदस्य कल्पना हमाल पाठक, जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, महाधिवेशन प्रतिनिधि गणेश सापकोटा, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, चिवरञ्जीवी गौतम, जैमिनी ७ का वडा अध्यक्ष बिजय अधिकारी, टेड्रयुनियन काँग्रेस बागलुङका अध्यक्ष रामप्रसाद अधिकारी, धौलागिरी बहुमुखी क्याम्पसका स्ववीयु उपसभापति बालकृष्ण शर्मा लागयतले गाउँको विकास निर्माणका लागि नेपाली काँग्रेसललाई भोट दिनुपर्ने बताए ।
कार्यक्रम राधाकृष्ण मन्दिर विकास समिति छिस्तीका अध्यक्ष ईन्द्रराज पौडेलको अध्यक्षता, नेपाल महिला संघका जिल्ला सचिव तथा मन्दिर विकास समितिका सदस्य उषा पौडेलको स्वागत सचिव हरिनारायण शर्माको संचालनमा सम्पन्न भएको थियो ।