डा महतले काठमाडौं क्षेत्र ५ का प्रभावशाली नेता सापकोटालाई घर फर्काए
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
180
Shares
काडमाडौं। नेपाली कांग्रेस पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका काठमाडौं क्षेत्र नं. ५ का प्रभावशाली नेता अच्युत सापकोटा घर फर्किएका छन्। काठमाडौं महानगरपालिका वडा नं ४ मा दुई पटक वडा अध्यक्षमा निर्वाचित भएका सापकोटा कांग्रेस क्षेत्र नं. ५ का पूर्व सभापति समेत हुन।
सापकोटालाई प्रधानमन्त्री एंव कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी प्रवेश गराएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले सापकोटालाई पार्टीमा स्वागत गरेका छन्।
पार्टी प्रवेश कार्यक्रममा काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार डा. प्रकाशशरण महतको उपस्थिती रहेको थियो। सापकोटा महाराजगञ्ज, बालुवाटार, विशालनगर तथा हाडी गाउँ क्षेत्रमा समाजसेवा तथा विकास निर्माणमा सक्रिय रहेका लोकप्रिय नेता हुन।
सापकोटाको प्रवेशले क्षेत्र नं. ५ मा नेपाली कांग्रेसको संगठनलाई महत्वपूर्ण टेवा पुगेको छ। पार्टी प्रवेश गर्दै सापकोटाले वाम गठबन्धनका नाममा मुलुकमा कम्युनिष्ट अधिनायकवाद लाद्ने षड्यन्त्र भएकाले आफु पुरानै घर फर्किएको बताए। उनले आगामी निर्वाचनमा पार्टीलाई विजय गराउन आफु सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे।