arrow

एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो मंगलबार लगाउने 

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
uml-maobadi-flag.jpg

काठमाडौँ । नेकपा एमालेले मंगलबार बस्ने स्थायी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवार टुंगो लगाउने भएको छ । 

एमाले प्रचार विभागका सचिव विष्णु रिजालकाअनुसार सोमबार प्रदेश नं ७ को उम्मेदवारी छनोट प्रक्रिया लगभग सकिएको र मंगलबार प्रदेश नं ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढ्नेछ । 

नेकपा माओवादी केन्द्रसँग भएको सहमतिका आधारमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइएको एमालेले जनाएको छ । 

माओवादी केन्द्रले पनि सोमबार उम्मेदवार छनोट प्रक्रिया सुरु गरेपनि कुनै ठोस निर्णय भने सार्वजनिक गरेको छैन । 

सो पार्टीले पनि मंगलबार नै उम्मेदवार छनोट प्रक्रियालाई अन्तिम रुप दिने जनाएको छ । 

तर दुई पार्टीकाबीचमा चितवन क्षेत्र नं २, सल्यान, झापा नं २, सुनसरीको दुई क्षेत्रका विषयमा सहमति हुन सकेको छैन । 

ती क्षेत्रको विषयमा समेत सहमति जुटाएर उम्मेदवारी छनोट गर्ने र प्रचारप्रसारमा लाग्ने नेताहरुले प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ